घोरही सिमेन्ट इन्डस्ट्रीले उपभोत्ताको माग र सहज आपूर्तिलाई मध्यनजर गर्दै सगरमाथा सिमेन्टको ओपिसी सिमेन्ट २५ केजीको हाफ प्याकमा ल्याएको छ।
हालसालै कम्पनीले नेपालमै पहिलोपटक सिमेन्ट इन्डस्ट्रीमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त संस्था नेसनल एक्रेडिटेसन बोर्ड फर टेस्टिङ एन्ड क्यालिब्रेसन लेबोरेटरिजबाट ल्याब सञ्चालनमा आधिकारिकता समेत प्राप्त गरेको जनाएको छ। यसले गर्दा उक्त उद्योगले उत्पादन गर्ने २५ केजीको हाफ प्याकमा समेत अन्तर्राष्ट्रिय स्तरको गुणस्तर कायम राख्न सक्ने कम्पनीको दाबी छ।
२५ केजीका हाफ प्याक बोरा वितरण प्राणलीमा सहज हुने र स–साना सिमेन्टसँग जोडिएका निमार्णका काम गर्न सजिलो हुने भएकाले यो हाफ प्याक सगरमाथा ओपिसी र सगरमाथा पिपिसी सिमेन्ट गोल्ड जस्तै बजारमा धेरै लोकप्रिय हुने कम्पनीको दाबी छ।
प्रकाशित: १० श्रावण २०७८ ०४:४० आइतबार