६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

फेरि बढ्यो पेट्रोलको मूल्य

नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको दुई साता पनि बित्न नपायँदै आज फेरि मूल्य बढाएको हो।

यसअघि असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो। अहिले फेरि निगमले प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्‍याएको छ। 

यस्तै, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले बढेर १४ सय २५ रुपैयाँ भएको छ। डिजेल र मटितेलको मूल्य पनि अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ। 

प्रकाशित: २२ असार २०७८ १५:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App