२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

टोकियो समर ओलम्पिक प्रवर्धनमा दराज

अनलाइन सपिङ बजार दराजले नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग टोकियो २०२० समर ओलम्पिक र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीको प्रवद्र्धनका लागि सम्झौता गरेको छ।  

बुधबार एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनो अलरिङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। दराज अलिबाबा समूहको एक हिस्सा हो। अलिबाबा समूह अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) को विश्वव्यापी पार्टनर हो।

यस साझेदारीले दराज र एनओसीबीच टोकियो ओलम्पिक नजिकिँदै गर्दा सहकार्य मजबुत बनाउने लक्ष्य राखेको छ। सँगैसँगै यस सहकार्यले नेपालमा ओलम्पिक र सहभागी खेलाडीलाई अझ बढी प्रकाशमा ल्याउने र प्रवद्र्धनमा साथ दिने विश्वास गरिएको छ।

टोकियो २०२० समर ओलम्पिक २३ जुलाईदेखि सुरु हुँदैछ। दुई सयभन्दा बढी देशको सहभागिता रहने यस महोत्सवमा १२ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। यो साझेदारीको मुख्य लक्ष्य ओलम्पिकको गर्विलो इतिहासको नेपालमा सकेसम्म बढी प्रवद्र्धन होस् भन्ने नै रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १३ असार २०७८ ०२:४९ आइतबार

टोकियो समर ओलम्पिक प्रवर्धनमा दराज