९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

एड–डेका अवसरमा रक्तदान

नेपाल विज्ञापन संघ (आन)ले नेपाली विज्ञापन सप्ताह अन्तर्गत जेठ ३० गतेदेखि असार ७ गतेसम्म एड–डे मनाउन थालेको छ। यसै सन्दर्भमा एड–डेको लोगो सार्वजनिक गर्दै आनले सम्पूर्ण विज्ञापनदाता, विज्ञापनकर्मी, मिडिया, मिडियाकर्मी, विज्ञापन सर्जक तथा आम दर्शक तथा उपभोक्तामा शुभकामना दिएको छ।

यसै अवसरमा आनले सचिवालय परिसर शान्तिनगरमा नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ। एड–डेको प्रायोजन बिजमान्डु र अम्बे स्टिलले गरेका छन्। रक्तदान कार्यक्रममा आनका वर्तमान पदाधिकारी र सदस्य, मिडियाका प्रतिनिधि एवं विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारको सहभागिता रहेको विज्ञप्तिमा उललेख छ। रक्तदान कार्यक्रममा ४८ पिन्ट रगत संकलन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३१ जेष्ठ २०७८ ०४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App