१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

निषेधाज्ञाको समयमा ‘बजारको अवस्था’ बुझ्न अनुगमन

रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ५ मा रहेको पसलमा अनुगमन गरिँदै । तस्बिरः हिमनाथ/नागरिक

विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण लगाइएको निषेधाज्ञाको समयमा बजारको अवस्था बुझ्नका लागि जिल्लाको दुई स्थानमा बजार अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीको नेतृत्वको टोलीले बुधबार बिहान जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ५ भित्र रहेका बजारहरूमा अनुगमन गरेको हो । सोमबार राति १२ बजेदेखि लगाइएको निषेधाज्ञाका कारण बिहानको समयमा मात्र दैनिक उपभोग्य सामग्री तथा अत्यावश्यक सामग्री बिक्री वितरण गर्ने पसल खोल्न पाइन्छ ।  

लकडाउनको समयमा बजारमा सामग्रीको अभाव हुने, कालोबजारी हुनसक्ने तथा सामग्री आयातको कठिनाइ बारे बुझ्नका लागि ठुलोभार्खु र स्याफ्रुमा अनुमगन गरिएको हो । यस क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको अभाव नरहेको, खाद्यान्नमा मूल्य वृद्धि नभएको तथा लकडाउनको पूर्ण कार्यान्वयन भएको पाइएको घरेलु तथा साना उद्योग कार्यालय रसुवाका प्रमुख रामप्रसाद भुषालले बताए ।  

अनुगमनको क्रममा स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गर्न, म्याद नाघेका वस्तुको बिक्री वितरण नगर्न, खाद्यान्नको अभाव हुन नदिन र बन्दाबन्दीको कारण देखाइ मूल्य वृद्धि नगर्न आग्रह गरिएको छ । त्यसैगरी खाद्यान्न बिक्री गर्ने पसलहरूमध्ये केहीले साइन बोर्ड नराखेको, मूल्य सूची नराखेको तथा मदिरा बिक्रीका लागि अनुमति नलिइ बिक्री गरेको पाइएको छ । उक्त पसलहरूलाई लकडाउन खुलेपछि दर्ता तथा नविकरण गर्नका लागि आग्रह गरिएको उनले बताए । टोलीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर १३ वटा खाद्यान्न पसलको अनुगमन गरेको थियो ।

प्रकाशित: ३० वैशाख २०७८ ०१:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App