१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पाख्रीबास नगरपालिकामा ५४ करोडको औद्योगिक ग्राम निर्माण हुने

धनकुटाको पाख्रीबास नगरपालिकामा ५४ करोड बराबरको औद्योगिक ग्राम निर्माण हुने भएको छ। सो ग्रामको बिहीबार प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमाले धनकुटा अध्यक्ष राजेन्द्र कुमार राईले शिलान्यास गरे।  

नगरपालिकाको वडा नं ७ राम्चेडाँडामा १ सय १७ रोपनी क्षेत्रफल जग्गामा निर्माण गरिने ग्रामको शिलान्यासमा सांसद राईले देशलाई आर्थिक रुपमा धनी बनाउन  कलकारखाना उघोग धन्दा कलकारखाना खोल्न आवश्यक रहेको बताए।

बेरोजगार युवाहरुलाई रोजगार दिन संघ, प्रदेश र स्थानीय सरकारले नीति बनाएर हरेक स्थानीय तहकमा औद्योगिक ग्राम निर्माण गरिरहेको जानकारी दिँदै उनले सरकारका नीतिअनुसार नै पाख्रिबास नगरपालिकामा ग्राम निर्माण गर्न लागिएको बताए ।  

कार्यक्रममा पाख्रीवास नगरपालिका प्रमुख वृषवहादुर राईले ग्रामका लागि पहिलो चरणमा १ करोड रुपियाँ बराबरको टेण्डर खुलेको जानकारी दिँदै यसबाट भवन, बाटो निर्माणको काम गरिने बताए।  

औद्योगिक ग्रामको डिपिआर तयार भइसकेको र चालू आर्थिक वर्षमा पहिलो चरणको निर्माण कार्य गरिने उनको भनाइ छ ।

स्थानीय स्तरका स्रोत साधन कच्चा पदार्थ प्रविधि र सीपको परिचालन गरी रोजगार र्सिजना गर्दै स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउने, उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि ग्राम सञ्चालन गर्न लागिएको उनले बताए।

कार्यक्रममा उद्योग वाणिज्य संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष तारा तितुङले औद्योगिक ग्राम स्थापना हुनुले पाख्रीवासको विकासमा एउटा ईंटा थपिएको बताइन्। 

प्रकाशित: २३ वैशाख २०७८ १४:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App