१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महँगी घट्योः राष्ट्र बैंक

काठमाडौं— नेपाल राष्ट्र बैंकले बजारको महँगी निकै घटेको संकेत गरेको छ। अघिल्लो बर्ष साउनमा ११.९ प्रतिशत रहेको मूल्य बृद्धि चालु आर्थिक बर्षको साउन महिनामा ७.९ प्रतिशतमा झरेको हो। गत बर्षभरीको औषत मूल्य बृद्धि ९.९ प्रतिशत रहेको थियो।खाद्यान्न, पेय पदार्थ तथा गैरखाद्य पदार्थको समेत मूल्य बृद्धि घटेका कारण समग्र महँगी घटेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो बर्ष खाद्य तथा पेय पदार्थको मूल्य बृद्धि १२.२ प्रतिशत रहेकोमा यसपाली जम्मा ८.९ प्रतिशत छ। गैरखाद्यतर्फको मूल्य बृद्धि पनि ११.६ प्रतिशतबाट सात प्रतिशतमा सीमित भएको छ।

यसपाली माछामासुको मूल्य भने अत्याधिक बढेको छ। गत बर्ष ११.५ प्रतिशतले बढेको माछामासुको मूल्य यसपाली १७.४ प्रतिशतले बृद्धि भएको छ। तर रेस्टुरेन्ट तथा होटलको खर्च भने घटेको छ । राष्ट्र बैंकका अनुसार, अघिल्लो बर्ष १२.६ प्रतिशतले बढेको रेस्टुरेन्टको खर्च यसपाली जम्मा १२.२ प्रतिशतले बढेको छ । यसपाली फर्निसिङ, घरायसी उपकरणलगायतको बस्ुतको मूल्य भने अत्याधिक बृद्धि भएको छ । लत्ता कपडा, जुत्ता चप्पल, शिक्षा क्षेत्रमा हुने खर्चको बृद्धि दर घटेको छ । स्वास्थ्य तथा यातायात क्षेत्रको खर्च पनि घटेको राष्ट्र बैंकको तर्क छ ।

राष्ट्र बैंकले मूल्य बृद्धि के कारणले घट्यो भन्ने विश्लेषण भने गरेको छैन । मंगलबार सार्वजनिक देशको वर्तमान आर्थिक अवस्था प्रतिवेदन अनुसार, काठमाडौं, तराई, पहाड सबै तिरको मूल्य बृद्धि घटेको हो । तराईमा ११.८ प्रतिशत रहेको मूल्य बृद्धि ८.३ प्रतिशतमा सीमित भएको छ । काठमाडौंको १२.३ प्रतिशतले बढेको मूल्य बृद्धि यसपाली ८ प्रतिशत र पहाडको ११.५ प्रतिशतले बढेको मूल्य ७.१ प्रतिशतमा सीमित भएको छ ।

प्रकाशित: १ आश्विन २०७० ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App