१ युरोको मूल्य १ सय ४४ रुपियाँ ८५ पैसा तोकिएको छ। पाउन्ड स्टर्लिङको मूल्य १ सय ६७ रुपियाँ ८५ पैसा तोकिएको छ।
उता भारतीय बजार खुल्दा आज डलरको मूल्य केही घटेको छ। बुधबार डलरको मूल्य ६८.८५ भारु थियो। आज बिहान प्रति डलर ६७ भारुमा कारोबार सुरु भएको छ। भारतको केन्द्रीय बैंकले डलरमा इन्धन किन्ने निधो गरेपछि भारुको मूल्यमा केही सुधार देखिएको हो। भारतीय मुद्रामा आएको गिरावट रोक्न केन्द्रीय बैंकले यस्तो पहल गर्न लागेको हो।
प्रकाशित: १२ भाद्र २०७० २२:११ बुधबार