१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पाँच सयले बढ्यो सुन

स्थानीय बजारमा आज सुनको मूल्य पुनः उकालो लागेको छ। तोलामा नै मङ्गलबार एक हजार सात सयले घटेको सुनको मूल्य आज भने ५ सय रुपैयाँले बढेको हो।

नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा ८७ हजार रुपैयाँमा कारोवार भएको छापावाला सुन आजका लागि भने ८७ हजार ५ सय रुपैयाँमा मूल्य निर्धारण भएको छ।  

यस्तै तेजाबी सुन मङ्गलबार तोलामा ८६ हजार ५ सय५० रुपैयामा कारोवार भएकामा आज भने तोलामा ८७ हजार ५० रुपैयाँ मूल्य निर्धारण भएको छ। यस्तै चाँदी तोलामा नै २५ रुपैयाँले वृद्धि भएको छ। 

चाँदी प्रतितोला एक हजार २ सय ९० रुपैयाँमा मङ्गलबार कारोवार भएकामा आजका लागि भने एक हजार ३ सय१५ रुपैयाँ मूल्य निर्धारण भएको छ। रासस

प्रकाशित: १९ फाल्गुन २०७७ ०६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App