१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

टावरको क्षमता भन्दा सिम बढी वितरण

हुम्लाको सदरमुकाम सिमकोटमा एक हप्तादेखि नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या आएको छ। मोबाइलमा नेटवर्क देखाएतापनि पाँच/छ पटक डायल गरेपछि बल्ल घण्टी जाने गरेको, आवाज नसुनिने गरेको र कुराकानी गर्दा गर्दै सम्पर्क विच्छेद हुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ।

स्थानीयवासी राजबहादुर भण्डारीले भने,'मोबाइलमा कुरा गर्दा आवाज स्पष्ट सुनिदैन। सुनिएपनि बुझिदैन। बिहान र बेलुका नेटवर्कले केही काम गरे पनि दिउँसो बढी समस्या देखिएको छ।'

नेटवर्कमा आएको समस्यालाई समाधान गर्न पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए। अहिले मोबाइल नेटवर्कमा खराबी आएपछि काम गर्न सास्ती भएको छ।

टेलिकमका प्रमुख शिव भट्टराईले जुम्ला र कालीकोट जिल्लामा रहेका रिपिटर टावरमा आएको खराबिले गर्दा भएको समस्या आएको र समाधान गर्न काम भइरहेको जानकारी दिए। टावरको क्षमता कम र सिम बढी वितरण भएको हुँदा पनि यस किसिमको समस्या देखिएको उनको भनाइ छ। 

हुम्लामा टेलिकमको मात्र नभइ निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलको सेवामा पनि समस्या रहेको छ। रासस

प्रकाशित: २३ मंसिर २०७७ ०६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App