५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

नियम विपरित काम गर्ने दुई पेट्रोल पम्प सिल

कपिलवस्तु नगरपालिकाको २ वटा पेट्रोल पम्म सिल गरिएको छ। नियम विपरित काम गरेको भन्दै कपिलवस्तु नगरपालिका–३ स्थित चिन्नी लाल कान्दु पेट्रोल पम्प तथा वडा नम्बर नं. ५ डंगरी स्थित आदिशक्ति माता आयल सप्लायर्स पेट्रोल पम्प सिल गरिएको हो। 

आयल निगमको केन्द्रीय कार्यालयमा खटिएको अनुगमन टोलीले निरीक्षणकाक्रममा अनियमित काम गरेका भेटेपछि सिलबन्दी गरिएको आयल निगको लुम्बिनी प्रदेशिक कार्यालय भलवारीका सूचना अधिकृत रमेश ज्ञवालीले बताए। चिन्नी लाल कान्दु पेट्रोल पम्पले अनुमति नलिई पेट्रोल बेचेको पाइएकाले पम्पलाई सिल गरेर बन्द गरिएको हो।  

आयल निगमको केन्द्रीय कार्यालय र लुम्बिनी प्रादेशिक कार्यालयको संयुक्त टोलीले आकस्मिक अनुगमन गर्दा ईजाजत नलिई पेट्रोल बेचेर गैरकानुनी काम गरेको पाइएकाले कार्बाहीका लागि पम्प सिल गरिएको प्रजिअ दीर्घनारायण पौडेलले बताए। चिन्नीलाल पम्पलाई कपिलवस्तु नगरपालिका वार्ड नंं ५, डंगरी स्थित आदिशक्ति माता आयल सप्लायर्स पेट्रोल पम्पले पेट्रोल बेचेकाले आदिशक्ति माता पम्पलाई पनि सिल गरिएको छ।  

कान्दु पेट्रोल पम्पलाई ४ हजार ५०९ लिटर पेट्रोल उपलब्ध गराएको अनुगमनका क्रममा देखिएको थियो। ईजाजतबिनै पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको देखिएपछि निगमको पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली २०७५ को दफा २९ (ग) कार्बाही गरिने प्रजिअ पौडेलले बताए। चिन्नी लाल पेट्रोल पम्पले २०६९ सालदेखि आयल निगमबाट पेट्रोल नकिनेको आयाल निगम श्रोतले बताएको छ। डिजेल बिक्री गर्न भने चिन्नीलाल पेट्रोल पम्पलाई दिइएको छ।

प्रकाशित: १२ मंसिर २०७७ ११:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App