२९ पुस २०८१ सोमबार
image/svg+xml १९:३० अपराह्न
अर्थ

अर्थशास्त्रको नोबेल अमेरिकीलाई

 यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री पाउल मिल्ग्रोम र रोबर्ट विल्सनलाई प्रदान गर्ने निर्णय भएको छ  । यस वर्षको अर्थशास्त्रतर्फको पुरस्कार लिलामी सिद्धान्तमा नयाँ खोज गरेबापत दिइएकोे द स्विडिस एकेडेमी अफ साइन्सेसले सोमबार जनाएको छ।  

क्यालिफोर्नियास्थित स्टानफोर्ड युनिभर्सिटीका प्राध्यापक मिल्ग्रोम र विल्सनलाई लिलामीले कसरी काम गर्छ भन्ने कुरालाई सुधार गर्ने सैद्धान्तिक खोजका लागि पुरस्कृत गरिएको हो। उनीहरूले परम्परागत तरिकाले बिक्री गर्न कठिन हुने वस्तु र सेवा लिलामीको ढाँचा पनि डिजाइन गरेको पुरस्कार समितिले जनाएको छ।

प्रकाशित: २७ आश्विन २०७७ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App