२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

एनएमबि बैंक र टेन्सेन्ट होल्डिंग्सबिच सम्झौता

एनएमबि बैंकले चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिंग्स लिमिटेडसँग सम्झौता गरेको छ। सम्झौता अनुसार कम्पनीको विच्याट भुक्तानीमार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकले सहज रुपमा नेपालमा खरिद गरेको वस्तु तथा सेवाको भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

१.१७ अर्बभन्दा बढी सक्रिय मासिक प्रयोगकर्ता रहेको संसारकै सबैभन्दा प्रभावकारी भुक्तानी प्रणाली सेवामध्ये एक विच्याट भुक्तानी प्रणाली सञ्चालनका लागि टेन्सेन्ट होल्डिंग्ससँग प्रत्यक्ष साझेदारी गर्ने नेपालको पहिलो बैंक बनेको समेत जारी विज्ञप्तिमा उल्लेख छ।

सम्झौताबाट देशको विदेशी मुद्राको सञ्चिति बढाउन समेत सहयोग गर्ने बैंकको विश्वास छ।

प्रकाशित: २६ आश्विन २०७७ ०४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App