७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

विराटनगर विमानस्थल विस्तार हुने

विराटनगर विमानस्थल विस्तार गरिने भएको छ । प्रदेश १ को सरकार, विराटनगर महानगरपालिका र नगारिक उड्ययन प्राधिकरणवीच सोमबार विराटनगरमा सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

विमानस्थल विस्तारका लागि नागरिक उड्ययन प्राधिकरणले कुल लागतको ५० प्रतिशत, प्रदेश सरकारले ४० र विराटनगर महानगरपालिकाले १० प्रतिशत लागत खर्च बेहोर्ने छन् । समझदारीपत्रमा प्रदेश सरकारका तर्फबाट उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल र नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले हस्ताक्षर गरे । 

हस्ताक्षर कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले विराटनगर विमानस्थलको काममा तीनै तहका सरकारले लागत योगदान गर्ने सहमति संघीय राज्य व्यवस्थाको पहिलो अभ्यास भएको बताए ।

प्रकाशित: २१ आश्विन २०७७ ०४:२४ बुधबार

विराटनगर विमानस्थल