४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हस्कभर्ना मोटरसाइकल सार्वजनिक

हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नेपालमा बहुप्रतीक्षित हस्कभर्ना ट्विन्स मोटरसाइकल सार्वजनिक गरेको छ । स्वार्टपिलेन २५० र भिटपिलेन २५० स्विडेन मूलको अग्रणी प्रिमियम मोटरसाइकल ब्रान्ड हस्कभर्ना केटिएम ग्रुपको एक अंश रहेको कम्पनीले जनाएको छ । कम्पनीले केटिएम ब्रान्डको अभूतपूर्व सफलतालाई कम्प्लिमेन्ट गर्नलाई हस्कभर्ना ल्याएको जनाएको छ ।

हस्कभर्ना मोटरसाइकल केटिएम सोरूमबाट बेचिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । हस्कभर्ना स्वार्टपिलेन र भिटपिलेनसँग अद्वितीय स्विडेनी डिजाइन रहेको जनाइएको छ । जुन अन्डरस्टेटेड, मिनिमलिस्ट, एलिगेन्ट भएको कारणले अन्य प्रिमियम सेग्मेन्टको बाइकभन्दा अत्यन्त भिन्न रहेको समेत कम्पनीले दाबी गरेको छ । स्वार्टपिलेन २५० मा रग्ड डिजाइनको अपराइट स्ट्यान्स हुनुको साथै यो डुअल पर्पज टायरको साथ आउँछ र अन र अफरोड दुवै यात्राको लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ । भिटपिलन २५० मा स्पोर्टी डिजाइन, क्लिप भएको ह्यान्डलबार र फ्रन्ट लिन राइडिङ पोजिसन छ ।  

२५० सिसीले फ्युल इन्जेक्टेड, लिक्विड कुल्ड, सिंगल सिलिन्डर, ४–स्ट्रोक डिओएचसी इन्जिन सुविधा प्रदान गर्दछ । जसले उच्च गतिमा इन्जिन रिफाइनमेन्टको उच्च स्तरमा पञ्ची टर्क उत्पादन गर्नेसमेत कम्पनीले उल्लेख गरेको छ । स्वार्टपिलेन २५० र भिटपिलेन २५० को विशेष परिचयात्मक मूल्य पाँच लाख ६९ हजार नौ सय रूपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित: ६ आश्विन २०७७ ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App