२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

३५ बोरा मल बरामद

तौलिहवा–जीतपुर सडक खण्डअन्तर्गत बाणगंगा नगरपालिकाको ओदारीमा सिमेन्ट बाकेको ट्रकमा ३५ बोरा भारतीय युरिया मल बरामद गरिएको छ । तौलिहवाबाट चार नम्बरतर्फ जाँदै गरेको ना ६ ख ३०९२ नम्बरको ट्रकमा उक्त मल बरामद गरिएको हो ।  

भारतमा उत्पादित भिरा नामक युरिया मल बरामद गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पिपराको टोलीले चेकजाच गर्नेक्रममा सिमेन्ट बोकेको ट्रकमा सो मल बरामद गरिएको प्रहरी उपरीक्ष नवराज अधिकारीले बताए ।  

‘प्रहरीले चेकचाज गर्दा ट्रकभित्र सिमेन्ट र ३५ बोरा मल बरामद गरेको हो,’ प्रहरी नायव उपरीक्षक अधिकारीले भने । पक्राउ गरिएको ट्रक चालकसहित मलसमेत सुठौली भन्सार चलान गरिएको उनले बताए । पक्राउ गरिएको ट्रकसहितको मलको ३८ लाख मूल्य कायम गरिएको भन्सारले जनाएको छ ।

प्रकाशित: ३ भाद्र २०७७ ०४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App