८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

रसुवागढी नाका जोड्ने सडक खुल्यो

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक खुलेको छ। शुक्रबार बिहानदेखि अवरुद्ध रहेको स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ र तातोपानीडाँडा क्षेत्रमा गएको पहिरो पन्छाएसँगै शनिबार दिउँसोबाट सडक सञ्चालनमा आएको हो ।  

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार रसुवागढी जलविद्युत आयोजनाको सहयोगमा दिउँसो साढे २ बजेदेखि यातायात सञ्चालनमा आएको छ ।  

पासाङ ल्हामु मार्ग अन्तर्गत राम्चे धुन्चे सडक खण्डमा पनि सवारी सञ्चालन भइरहेको छ । सडक हिलो भएका कारण सवारी सञ्चालन गर्न भने कठिन भएको यातायात व्यवसायीले बताएका छन् ‌।

प्रकाशित: २७ असार २०७७ १०:१७ शनिबार

सडक रसुवागढी नाका