१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

भुक्तानी प्रदायक संस्थाले पनि साधारण सेयर जारी गर्नुपर्ने

बैँक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैँकले भुक्तानी तथा फछ्यौट विनियमावली २०७७ जारी गर्दै अब भुक्तानी प्रदायक संघ संस्थाले पनि साधारण सेयर जारी गर्नु पर्ने  व्यवस्था गरेको छ । राष्ट्र बैँकको भुक्तानी प्रणाली विभागले जारी गरेको विनियमावली अनुसार अब ईसेवा, आइएमई पे, सेल पे लगायत मनि ट्रान्फरले पनि साधारण सेयर जारी गर्नु पर्ने छ ।  

भुक्तानी सम्बन्धी सेवा प्रदान गर्दै आएका संस्थाले स्थापना भएको तीन वर्षपछि साधारण सेयर जारी गर्नु पर्ने व्यवस्था लागू गरेको विनियमावलीमा उल्लेख गरिएको छ । त्यसैगरी, नयाँ व्यवस्था अनुसार अब भुक्तानी प्रदायकले सेटलमेन्ट बैँकसँग सम्झौता गर्नुपर्नै र सञ्चालक समितिको अध्यक्षले डेपुटी गर्भनर वा राष्ट्र बैँकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक समक्ष सपथ ग्रहण गर्नु पर्ने छ ।  

विनिमयावली अनुसार अब भुक्तानी सेवा प्रदायक कम्पनीको अनिवार्य ३ देखि ७ सदस्यीय सञ्चालक समिति गठन गर्नु पर्ने छ । त्यसैगरी, भुक्तानी सेवा प्रदायक संस्थाले अन्य संस्थासँग सम्झौता गरी बाह्य सेवा प्रदान गर्न सक्ने भएका छन् भने एजेन्ट मार्फत पनि भुक्तानी सेवा प्रदान गर्न सकिने भएको छ । राष्ट्र बैँकका अनुसार मुलुकभर हालसम्म १३ वटा भुक्तानी प्रदायक संस्थाले अनुमती लिएका छन् ।

प्रकाशित: १ असार २०७७ १४:४४ सोमबार

भुक्तानी प्रदायक संस्था साधारण सेयर