१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

जुम्लामा रोकिएका ठूला आयोजना सञ्चालन अनुमति

जिल्ला प्रशासन कार्यालय जुम्लाले लकडाउनका कारण रोकिएका डेढ दर्जन बढि आयोजनालाई सञ्चालनको अनुमति दिएको छ । प्रशासनको अनुमतिसंगै लकडाउनका कारण रोकिएका विकास निर्माणका काम सञ्चालनमा आउने भएका हुन् ।  लकडाउनमा सावधानी अपनाएर निर्माण कार्य अघि बढाउन जिल्ला प्रशासन कार्यालय जुम्लाले १८ बढी आयोजनालाई अनुमति दिएपछि ती आयोजना सञ्चालनमा आउने भएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । उनका अनुसार  विकास निर्माणका क्रियाकलापलाई सावधानी अपनाउदैँ अघि बढाउनु पर्ने अहिलेको आवश्यकता रहेकोमा जोड दिइन् ।

लकडाउनका कारण रोकिएका ठूला १८ विकासे आयोजनाको काम सञ्चालनमा गर्न अनुमति दिएका छौँ, प्रमुख जिल्ला अधिकारी बञ्जाडेले भनिन्,‘लकडाउनका समयमा विकास निर्माणका कामलाई सावधानी अपनाएर निर्माण गर्न स्थानीय तह र विकासे कार्यालयलाई अनुमति दिएका हौँ ।’  लकडाउनको अवधि थपिँदै गएपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले केही दिनयता स्थानीय तहका समपूरक अनुदानका योजना र ठूला आयोजनालाई अनुमति दिएको जनाएको छ ।  

व्यवसायीले निर्माणकार्य अघि बढाउन सम्बन्धित कार्यालयमार्फत जिल्ला प्रशासनलाई अनुरोध गरेअनुसार अनुमति दिइएको हो ।  लकडाउनको मापदण्डअनुसार काम गराउँछौँ भनेर आएका सिफारिस र रकम फ्रिज हुने खालका योजनालाई अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताईन् ।  जिल्लाका सबै स्थानीय तहले विकास निर्माणको कामका लागि अनुमति मागे पनि अति आवश्यक र चालु आर्थिक बर्ष भित्रमा सम्पन्न हुने योजनाबाहेक अरु योजनाको निर्माणका लागि अनुमति दिन नसकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गृह मन्त्रालयबाट अनुमति प्राप्त भएपछि नाग्म–रारा सडकको निर्माण कार्य सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ ।विकास निर्माणका क्रियाकलाप ठप्प हुँदा रकम खर्च हुन सकेको थिएन् ।

प्रकाशित: ७ जेष्ठ २०७७ १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App