२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

कोरोना कोषमा माछापुछ्रे बैंकको सहयोग

मेयर इवन राई (दायाँ) लाई चेक हस्तान्तरण गर्दै माछापुछ्रे बैंक हलेसी शाखाका प्रवन्धक खगेन्द्र श्रेष्ठ । तस्बिर : नागरिक

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस बिरुद्धको विपद व्यवस्थापन कोषमा सहयोगीको साथ मिल्ने क्रम जारी छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा माछापुछ्रे बैंकले ५० हजार रकम जम्मा गरिदिएको छ ।  

कोरोना भाइरस विरुद्धको लडाईमा नगरपालिकासँग हातेमालो गर्ने प्रयास स्वरुप माछापुछ्रे बैंक हलेसी शाखाका प्रवन्धक खगेन्द्र श्रेष्ठले बिहिबार नगर प्रमुख इवन राईलाई चेक हस्तान्तरण गरेका छन् । प्राप्त भएको सहयोग रकम नगरस्तरीय विपद व्यवस्थापन कोषको नाममा माछापुच्छ«े बैंकको हलेसी शाखामा खोलिएको खाता नम्बर ७७०१५२४६५०९१७०६३ मा रकम जम्मा गरिएको छ ।  

विपद व्यवस्थापन कोषमा रकम जम्मा गरेर कोरोना भाइरस विरुद्धको अभियानमा साथ दिनका लागि नगरपालिकाले आग्रह गरेपछि व्यक्तीगत तथा संस्थागत सहयोग जुट्नेक्रम जारी रहेको नगरप्रमुख राईले बताए । यसअघि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम घर भइ हाल ललितपुरमा बस्दै आएका समाजसेवी जनकराज राईले नगरस्तरिय विपद व्यवस्थापन कोषमा ३० हजार २३७ रुपैयाँ जम्मा गर्ने घोषणा गरिसकेका छन् ।

यस्तै, नगरको विपद व्यवस्थापन कोषमा हलेसी तुवाचुङ नगरपालिकाका होटल व्यवसायीबाट २५ हजार र कांग्रेसका महाधिबेसन प्रतिनिधि जितेन्द्र ठकुरीबाट २५ हजार लगायतका रकम जम्मा भइसकेको छ । नगरपालिकाका कर्मचारीहरुबाट पनि ७ लाख रकम जम्मा भएको नगरपालिकाले जनाएको छ ।  

कोरोना भाइरस निवारणका लागि सचेतनामुलक गतिविधि सञ्चालन गर्न, आवश्यक जनशक्ती परिचालन गर्न, उद्धार तथा सहयोगका सामग्री जुटाउने लगायतका प्रयोजनका लागि नगरपालिकाले विपद व्यवस्थापन कोष स्थापना गरेको हो ।  

प्रकाशित: १ जेष्ठ २०७७ ०८:३२ बिहीबार

काेराेना सङ्कट