७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

प्राइम बैंकद्वारा पौने दुई करोड सहयोग

काठमाडौं, – प्राइम कमर्सियल बैंकले सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक करोड ७५ लाख रुपैयाँ सहयोग गरेको छ । 

बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंलाई उक्त रकमको चेक हस्तान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

साथै लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा विभिन्न आश्रममा आश्रितलाई दाल, चामल लगायत खाद्यान्न वितरण गरी सहयोग गर्दै आएको बैंकले जनाएको छ ।

प्रकाशित: ६ वैशाख २०७७ ०३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App