२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

मेगा बैंकका ग्राहकलाई छुट

काठमाडौं, – मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले खाद्यान्न लगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्री घरमै बसेर छुटमा खरिद गर्न सक्ने भएका छन् । दैनिक उपभोग्य सामग्री घरदैलोमै पु-याउँदै आएको मेरो किराना डटकमले बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट दिने सहमति भएको छ । 

लकडाउनका कारण बजारहरु पहुँचमा नहुनुका साथै रोग संक्रमणको जोखिमलाई पनि ध्यानमा राख्दै ग्राहकलाई यो सुविधाको व्यवस्था गरेको बैंकले जनाएको छ । जसअनुसार, यस बैंकका मोबाइल बैंकिङ तथा डेबिट र क्रेडिट कार्डबाहक ग्राहकले किरानाको अनलाइन तथा एप्स सेवामार्फत दैनिक उपभोग्य वस्तु अर्डर गरी घरदैलोमै प्राप्त गर्न सक्ने बताइएको छ । यो सुविधा लकडाउनपछि पनि बैंकका ग्राहकले पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित: ६ वैशाख २०७७ ०३:४४ शनिबार

मेगा_बैंक ग्राहक छुट