५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

किसान भन्छन्: बेच्न लान त पाईन्छ, किन्दिने मान्छे भएनन्

पाँचथर – तरकारी बारीमै भेटिएका फिदिम– २ साम्दीका किसान चुडामणि काफ्लेले बन्दाकोभी नबिकेको चिन्ता सुनाए। घरको आगनै नजिक रहेको बारीमा फस्टाएको बन्दाकोभी देखाउदै काफ्ले भने ‘होटल बन्द भएपछि त बन्दाकोभी कहाँ बिक्तो रहेछ। गाई, भौसिलाई पनी कति खुवाउनु। हेर्नुन बोटमै छ बन्दा कोभी।’

कतै बन्दाकोभी बेच्ने बेला कटिसकेको त कतै ठिक्क टिप्ने बेला भएको थियो। लहलहाउदो बन्दाकोभी राम्रै बिक्ने आस गरेपनि लकडाउनले नबिकेको उनले सुनाए। बन्दा कोभी जस्तै नियती साग, फूलकोभी, धनिँया, मुला, मटरकोसा, च्याउ लगायतका उत्पादनले  भोगिरहेको छ। यहि बेला फर्सि र काक्रा उत्पादन हुने बेला पनि भएको छ।काफ्ले भन्छन् ‘बजार त लान पाईएको छ। तर के गर्नु मान्छे नै छैनन्। भएकाहरु पनि कमैमात्र निस्कन्छन्। बजारका मान्छे गाँउ गए। होटल व्यवसाय बन्द छ। थोरै थोरैमात्र किन्छन्।’ यस्तै भनाई सदरमुकाम फिदिममा तरकारी आपूर्ती गर्ने मुख्य स्थानको रूपमा रहेका साम्दीन, अर्खौले, ठाडे, लालिखर्क लगायतका क्षेत्रका किसानको भनाई छ।  

स्टोर गर्न नमिल्ने तरकारी बालीमा समस्या देखिएको हो। किसानका तरकारी बजार पु¥याउनका लागि सुविधा दिएपनि  बजारमा बिक्रि नभएको उनीहरूको भनाई छ। तरकारी उत्पादनलाईनै मुख्य व्यवसाय बनाएका किसानहरू समस्या परेको सुनाउँछन्। आलु, प्याज जस्ता उत्पादन स्टोर गर्न पाएपनि अन्य तरकारीमा समस्या छ। साग बिक्रि नभएर बोटमै डुकु फूलेको देखिन्छ। मुला बोटमै फूलेका छन् भने फलेका कोभीको पातनै मर्न थाल्दै छन्। शनिबार लाग्ने हटिया तथा दैनिक रूपमा बजारमा तरकारी आपूर्ती हुने गथ्र्यो।

‘यसपाली साग त मुठ्ठै विकेन। हेर्नुस् न मूला फुल्यो।  कोरोनाको डरले हामीलाई पनि बजार गहिरहने अवस्था छैन्। च्याउ यतिकै थन्कियो’ अर्खौले भन्ने ठाँउमा बारीमै भेटिएका अर्का किसान नन्दकुमार ढुङ्गानाले भने ‘घरघर घुमेर तरकारी बेच्न हामीलाई पनि डर। हप्ताको ६÷७ हजारको तरकारी बेच्ने गथ्र्यौ । अहिलेको उत्पादन खेर गईगयो। अब हाम्रो कामना चाडै कोरोना भाईरसको डर हटोस भन्नेनै छ।’

गोलभेडा जस्तो बेमौसमी बालीभने घरमै विक्रि हुने गरेको किसानहरुले सुनाए। उनीहरुले आलु खनेर थन्काएको बताए। चाडै कोरोना सन्त्रास हट्ने आशमा किसानहरु तरकारी बाली लगाउने काममा भने जुटिरहेका छन्। त्यसोत बारी खन्ने मेसीनलाई तेलको पनि अभाव रहेको छ। ‘यो पल्ट त परिस्थीत यस्तै भयो। यो पल्ट विकेन भनेर भए। काम गरीरहेका छौं। बरू विउको पो अभाव देखियो’ फिदिम–३ लालिखर्कका एकजना अगुवा किसान डम्बर श्रेष्ठले भने ‘नयाँ उत्पादनले बजार पाउने आशमा छौं। त्यसोत लडडाउनको पहिलो हप्ता फिदिम–२ का विभिन्न ठाँउका किसानले बजारबासिका लागि निःशुल्क साग उपलब्ध गराएका थिए। 
 

प्रकाशित: २९ चैत्र २०७६ ०७:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App