८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

व्यवसायी भन्छन् : 'हरेक दिन पन्ध्र हजार मास्क उत्पादन गर्छौं'

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले मास्कको अभावलाई परिपूर्ति गर्न निजी क्षेत्रले प्रतिदिन १५ हजारका दरले मास्क उत्पादन गर्ने बताएका छन्।

मंगलबार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गठन भएको उच्च स्तरिय समितिले सरोकारवालासँग गरेको छलफलपछि उनले यस्तो बताएका हुन्। सबै होलसेल पसल र प्रत्येक जिल्लामा पुर्‍याउने लक्ष्यसहित मास्क उत्पादन हुने जानकारी उनले दिए।

विमानस्थलमा आउने सबैलाई एक एक वटा मास्क निःशुल्क दिने प्रतिवद्धता समेत निजी क्षेत्रले गरेको छ। व्यवसायीहरुले बढीमा ७ रुपैयाँमा उपलब्ध हुनेगरी मास्क उपलब्ध गराउने प्रतिवद्धता गरेको उनले बताए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको छलफलमा अर्थ, स्वास्थ्य, उद्योग वणिज्य तथा आपूर्ति र संस्कृति पर्यटन तथा नागरिय उड्डयनमन्त्रका मन्त्रीहरु लगायत नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल परिसंघका पदाधिकारी तथा औषधि उत्पादक संघका पदाधिकारी र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो।

 

प्रकाशित: २७ फाल्गुन २०७६ १२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App