१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

रोल्पा लगानी सम्मेलन सम्पन्न

लगानी सम्मेलनमा बोल्दै उर्जा मन्त्री बर्षमान पुन। तस्बिरः दिनेश/नागरिक

रोल्पा - ‘समृद्ध रोल्पाका लागि दीगो आम्दानी ः बिद्युत, कृर्षी पर्यटन र खानीमा लगानी’ भन्ने नाराका साथ १० बुँदे घोषणा पत्र जारी गर्दै ‘रोल्पा लगानी सम्मेलन २०७६’ सम्पन्न भएको छ। बुधबारदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म चलेको थियो।

घोषणा पत्रमा रोल्पामा लगानीका लागि जलबिद्युत, कर्षी, पर्यटन र खानीलाई समृद्ध रोल्पाको आधार मान्ने, निजि क्षेत्रको लगानीलाई आर्कर्षित गर्दै सुरक्षाको प्रत्याभूति दिलाउने, लगानी क्ष्ोत्रको पहिचान गरी र बाताबरण तयार गर्ने, सुन खानी लगायत अन्य खानिका लागि आह्वान गर्ने लगायत रहेको छ।

घोषणा पत्रमा उर्जा मन्त्री, १० स्थानीयतहका प्रमुख, राजनीतिक दलका प्रमुख र उद्योग बाणिज्य संघका तर्फबाट हस्ताक्षर भएको छ। सदरमुकाम लिवाङमा सम्मेलनको औपचारिक उद्घाटन उर्जा मन्त्री बर्षमान पुनले गरेका थिए।
कार्यक्रमका अबसरमा एनएमबि बैंक र रोल्पा नगरपालिका बिच धाङसी खोला जलबिद्युत आयोजना निर्माण गर्ने संझौतामा हस्ताक्षर भएको छ। नगरक्षेत्र भित्र कृर्षि तथा पशुपालनमा ब्यबसाय गर्नेहरुका लागि न्युनतम ब्याजदरमा बित्तीय सहयोग गर्न नेपाल बैंक लिमिटेड र रोल्पा नगरपालिकाले संझौता गरेका छन्।

सम्मेलनमा बोल्दै मन्त्री पुनले रोल्पामा सुन, तामा र फलाम खानि समेत भएको बताउदै भने ‘सुनलाई सिरानि हालेर नुन बोक्न कोईलाबास जाने रोल्पालीको हितमा लगानी सम्मेलनले उर्जा थपेको छ। कृषी, पर्यटन र जलबिद्युत पनि रोल्पाका सम्भावनाहरु हुन्।’ सम्मेलनले लगानीकर्तालाई उत्साह थपेको बताउदै पुनले भने ‘सुरक्षाको जिम्मा रोल्पा र राज्यले लिनेछ।’

अतिथिका रुपमा सम्मेलनमा आएका उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले राज्यले लगानी सुरक्षाको सुनिश्चितता गर्नु पर्ने बताए। ‘लगानीको बाताबरण तयार भयो भने रोल्पाका सम्भावनाहरुमा लगानी लगाउन ब्यबसायी तयार छन्। ब्यबसायी र लगानीकर्ताको सुरक्षाको प्रत्याभूति हुनुप-यो।’ रोल्पामा लगानीका क्षेत्रहरु प्रयाप्त रहेको बताउदै प्रधानले आफ्नो ब्यबसायीक अनुभव पनि सुनाएका थिए।

उद्घाटन कार्यक्रमपछि विभिन्न बिषयमा प्यानलगत छलफल भएका थियो। पहिलो दिनको पहिलो सत्रमा लगानीकर्ता ल्यारकाल लामा र रोल्पा सिमेन्टका अध्यक्ष अरुण कर्ण संग डिबि घर्तीले छलफल गरेका थिए। त्यसै गरि दास्रो सत्रमा राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र प्रदेश योजना आयोगका सदस्य बिष्णु गौतमसंग घनस्याम आचार्यले छलफल गरे।

दोसा्रे दिन भएको प्यानल छलफलमा बरिष्ठ भुगर्भबिद कुमार खड्का संग पत्रकार काशिराम डागि, कृष्ण देबकोटा संग पत्रकार खेम बुढा, बैदेशिक निर्यात प्रबद्धन बोर्ड तथा एनएमबि बैंकका अध्यक्ष पबन गोल्याण संग पत्रकार दिनेश सुवेदी र ट्रेकिङ ब्यबसायी प्रग्यान राई संग पत्रकार नविन लोचन मगरले रोल्पामा लगानीको सम्भावनाका बिषयमा छलफल गरेका थिए।

नेपाल बैंकको सेवाका बारेमा नेपाल बैंक लिमिटेडका पाशाङ दोर्जे शेर्पाले प्रस्तुती राखेका थिए।
रोल्पा नगरपालिकाले संचालन गरेको लगानी सम्मेलनमा दर्जन बढि लगानी कर्ता, पुर्ब सभामुख ओनसरी घर्ती, ५ नं. प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्रशाद केसि, सांसद तथा सामाजिक बिकास तथा शिक्षा सभापती जयपुरी घर्ती, स्थानिय तहका प्रमुख, स्थानिय ब्यबसायी लगायतको उपस्थीती रहेको थियो।

प्रकाशित: १६ फाल्गुन २०७६ ०५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App