१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पहिलो गैडहवा ताल महोत्सव हुने

भैरहवा- गैडहवामा प्रथम ताल महोत्सव हुने भएको छ। विश्व सिमसार क्षेत्रमा सुचीकृत गैडहवा तालको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले नेपाल भ्रमण वर्ष २०२० तथा लुम्बिनी भ्रमण वर्ष २०७६ मा सहयोग गर्न फागुन १ गतेदेखि १० गतेसम्म महोत्सव हुने भएको हो।

कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र व्यापार, पर्यटनसहितको पूर्वाधार विकास भन्ने मुल नाराका साथ गैडहवा गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा महोत्सव आयोजना हुन लागेको छ। यस क्षेत्रकै ठूलो तालको रुपमा रहेको वडा नम्बर ४ स्थित गैडहवा तालमा जलपर्यटनको प्रचुर सम्भावना देखिएकोले तालको प्रचारप्रसार गरी पर्यटकको गन्तव्य बनाई पर्यटक भित्र्याउन महोत्सव आयोजना गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक बच्चुलाल केवटले जानकारी दिए।

लुम्बिनीको काखमा रहेको ताललाई लुम्बिनीसहित रुपन्देहीका अन्य पर्यटकीय केन्द्रसँग जोड्न, रारा तालको झझल्को दिई जल पर्यटनको विकास गर्न र स्थानीय कृषिलाई वैज्ञानिकरण गर्न पहिलो पटक महोत्सव आयोजना गर्न लगिएको छ। ८४ विघा क्षेत्रफलमा फैलिएको ५० विघा बढि जलाशय क्षेत्र रहेको तालमा २ सय प्रजातिका चराचुरङ्गी र २० प्रजातिका घस्रने प्राणी पाइने गरेका छन्। पर्यटनबाट उपेक्षित रहेको ताल र स्थानीयको आर्थिक समृद्धि गर्न तालले भूमिका खेल्ने भएकोले विज्ञान–प्रविधि प्रदर्शनसहितका १ सय स्टल रहने आयोजक समितिले जनाकारी दिएका छन्।

१ लाख दर्शकले अवलोकन गर्ने लक्ष्यका साथ १ करोड बराबरको कारोबार गर्ने आयोजकको लक्ष्य छ। भारतका चर्चित भारतीय कलाकार रितेश पाण्डेय, पवन सिंह, राजा भोजपुरिया लगायत राष्ट्रिय कलाकारको प्रस्तुती रहने छ।

वोटिङको सुरुवात
तालमा पर्यटकीय आर्कषणका लागि आइतबार वोटिङको सुरुवात गरिएको छ। आएका पर्यटकलाई एक घण्टा भए पनि ताल घुमाउने वातावरण तयार गर्न र बसाई लम्ब्याउना गाउँपालिको १९ लाख ९२ हजारको लगानीमा २ वटा मोटर वोट र २ वटा पाइडल वोट सञ्चालनमा ल्याइएको छ। गाउँपालिका अध्यक्ष केवटले विधिवत रुपमा पूजा गरी सो वोटको उद्घाटन गरेका छन्। अहिले सुरुवातको लागि ४ वटा वोट ल्याएका छौ १२ महिना नै आन्तरिक तथा बाह्य पर्यटकलाई तालमा शयर गराउन थप वोटहरुको व्यवस्था गर्न गाउँपालिका तयार रहेको गैडहवा गाउँपालिकाका प्रशासकिय अधिकृत चिरञ्जीवी घिमिरेले बताए।

जल पर्यटनको ठूलो सम्भावना देखिएकोले प्रचार प्रसार अघि बढाएका छौ। तालको सौन्दर्यताका लागि ४० करोडका लागतमा तालको छेउछाउ ४ किलोमिटर सडक, फुटपाथ, पिकनिक स्पट, हलसहितको भौतिक पूर्वाधार बनाउन डिपीआर गरिएको छ। बहुवर्षिय योजना बनाएर अहिले ४० लाखबाट सुरुवात गरेका छौ घिमिरेले बताए।  
 

प्रकाशित: २६ माघ २०७६ १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App