३ कार्तिक २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्यटकीय दृष्टिले नजरपुर अद्वितीय

रौतहट – रौतहटको पर्यटकीय गन्तव्यको रुपमा रहेको निजानन्दधामको भ्रमणपछि प्रदेश २ का पर्यटनमन्त्री रामनरेश राय यादवले अद्वितीय ठाउँ रहेको बताएका छन्। नेपाल भ्रमण वर्ष २०२० जिल्ला समन्वय समिति रौतहटद्वारा आयोजित रौतहट जिल्लाको पर्यटन विकास र सम्भावना विषयक कार्यशालाको चन्द्रपुर–९ निजानन्दधाम नजरपुरमा उदघाटन गर्दै प्रदेश मन्त्री यादवले हरेक स्थानीय तहमा नजरपुरजस्तो गाउँ भए प्रदेशको पर्यटन विकासमा टेवा पुग्ने बताए।

पर्यटन वर्षलाई सफल बनाउन प्रदेश र स्थानीय सरकारले भूमिका खेल्नुका साथै संघ सरकारले पनि समन्वय गर्नुपर्ने धारणा मन्त्री यादवले राखे। प्रदेश सरकारसित प्रमुख पर्यटकीय गन्तव्यबारे नै ठोस जानकारी नरहेको बताउँदै उनले पर्यटकीय क्षेत्रमा मानवीय सेवा तथा सुविधाको उपलब्धता हुनुपर्नेमा जोड दिए। प्रदेश सरकार पर्यटन विकासका लागि सक्दो प्रयास गरिरहेको बताउँदै सबै मिलेर पर्यटक भिœयाउन आपसी सहकार्य गर्नुपर्ने उनले बताए।

जिल्लाका अधिकांश स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिको सहभागी रहेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश साँसद धनलाल थोकरले पर्यटकीय विकासका लागि आफूले व्यक्तिगतरुपमा कुनै प्रयास बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे। समिति संयोजक उदयनारायण सापकोटाले रौतहटको प्रमुख पर्यटकीय केन्द्र र पर्यटन विकासको अवधारणा प्रस्तुत गरेका थिए।

प्रकाशित: १४ माघ २०७६ ०३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App