१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

वैदेशीक लगानीका बिमा कम्पनी

काठमाडौं – जीवन तथा निर्जीवन बिमा कम्पनीमध्ये सातवटा कम्पनी वैदेशिक लगानीमा सञ्चालन भएका छन्। मुलकमा हाल जीवन तथा निर्जीवन गरी कूल ३९ वटा बिमा कम्पनी रहेका छन्।

बिमा समितिका अनुसार जीवन तथा निर्जीवन बिमा कम्पनीमध्ये चार वटा संयुक्त र दुई वटा पुर्ण विदेशी लगानीका कम्पनी हुन्। जसमध्ये युनाईटेड इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्योेरेन्स कम्पनी संयुक्त लगानीमा सञ्चालन भएका बिमा कम्पनी हुन्। निर्जीवन बिमा सेवा प्रदायक युनाईटेड इन्योरेन्स कम्पनीमा कपुर जिएमबिएच, जर्मन र मोरगन रिड एन्ड सरमन जर्मनको लगानी रहेको छ। त्यसैगरी, अर्काै निर्जीवन बिमा कम्पनी सगरमाथा इन्स्यारेन्समा २० प्रतिशत श्रीलंकास्थित सेलिङको इन्स्यारेन्स पिएलसीको लगानी रहेको छ।

समितीका अनुसार १९ वटा जीवन बिमा कम्पनीमध्ये तीन वटा कम्पनी विदेशी लगानीमा सञ्चालन छन्। जसमध्ये एक पुर्ण वैदेशीक लगानी र दुई संयुक्त लगानीका कम्पनी हुन्। मुलुकको जीवन बिमा बजारमा बिमाशूल्क आर्जको आधारमा पहिलो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी) नेपालमा ५५ प्रतिशत वैदेशीक लगानी रहेको छ। त्यसैगरी, लाइफ इन्स्यारेन्स कर्पोशनमा भारतको ५५ प्रतिशत लगानीमा सञ्चालन भएको समितीले जनाएको छ।

समितीका अनुसार नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा २ प्रतिशत वैदेशीक लगाानी हेको छ। त्यसैगरी, मेट लाईफ, द ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स कम्पनी मुलुकमा दर्ता समेत नभई विदेशी कम्पनीका शाखा कार्यालयका रुपमा ब्यापार गर्दै आएका छन्।

प्रकाशित: २५ पुस २०७६ ०१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App