६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

स्थानीय वस्तु तथा सेवा पहिचानको प्रयासमा मन्त्रालय

खोटाङ – विश्व व्यापार संगठनको स्थानीयकरण एवं स्थानीय उत्पादनको सम्भावना भएका वस्तु तथा सेवाको पहिचानका विषयमा खोटाङका उद्योगी तथा व्यवसायीबाट राय संकलन गरिएको छ। जिल्लामा उत्पादन हुने र सम्भावना भएका वस्तु तथा सेवाको पहिचान गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत साता दिक्तेलमा अन्तरक्रिया कार्यक्रम गरेर उद्योगी, व्यवसायी तथा सरकारी निकाय लगायतबाट सुझाव सल्लाह लिएको हो।

जिल्लामा उत्पादित वस्तु तथा सेवालाई पहिचान गर्दै बिश्व बजारमा पु¥याउने वातावरण निर्माणका लागि उद्योगी, व्यवसायी लगायतबाट सुझाव संकलन गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारीले बताए। उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा सहभागी उद्योगी तथा व्यवसायीले जिल्लामा अलैंची, किबी, चिया, कफी, सिस्नोको पाउडर, इस्कुस, बेसार, अल्लो, लोक्ता, धसिंग्रे, उनजन्य सामान, मकैको च्याँख्ला, बाँसमा आधारित लगायतका उद्योगको सम्भावना औंल्याएका छन्। भेनियर उद्योगका सञ्चालक मनोज राईले जिल्लामा प्लाईउडको सम्भावना भए पनि कानुनी जटिलताले हैरानी खेप्नुपरेको बताए।

‘जिल्लामा प्रशस्त मात्रामा उत्तिस पाइने भएकाले प्लाइउडको राम्रो सम्भावना छ,’ राईले भने, ‘तर, कानूनी जटिलताले उद्योगसम्म काठ ल्याउन सहज छैन। उत्पादित सामान निर्यात गर्नेक्रममा पनि विभिन्न स्थानीय तहमा कर बुझाउनुपर्ने वाध्यता छ।’ मिनरल वाटर उद्योगका सञ्चालक फुर्वा शेर्पाले जिल्लामा किवी, चिया र सिस्नुको पाउडर उत्पादनको सम्भावना रहेको उल्लेख गरे। ‘किवी र चियाका लागि हाम्रो जिल्ला उपयुक्त छ। यस्ता उत्पादनलाई बिश्वबजारसम्म पु¥याउन सकिन्छ,’ शेर्पाले भने, ‘तर विचौलिया, नक्कली कृषक र नक्कली उद्यमी बन्ने प्रबृत्तिको अन्त्या हुनुपर्छ।’

यस्तै, युवा कृषक गंगाबहादुर बिश्वकर्माले जिल्लामा इस्कुस, अदुवा र बेसारको राम्रो सम्भावना रहेको बताए। कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ, प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्याय, डिभिजन वन कार्यालयका प्रमुख अम्बीकाप्रसाद पौडेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)का प्रमुख ध्रुबकुमार कार्की, घरेलु तथा साना उद्योग बिकास समितिका प्रमुख भेषराज खत्री लगायतले खोटाङमा वन, कृषि, पर्यटन लगायतका उद्योगको प्रोडक्टलाई बिश्व बजारमा पु¥याउन सकिने सम्भावना बारे औंल्याएका छन्।
खोटाङबाट बिश्वबजारमा पु¥याउन सकिने सम्भावना भएका वस्तु तथा सेवाको पहिचान गर्दै बजारीकरणका कठिनाई हल गर्ने उपायको खोजीमा वाणिज्यका क्षेत्रमा संलग्न पक्षसँग अन्तरक्रीया गरिएको खोटाङ उद्योग बाणिज्य संघका महासचिव मनोज बजिमयले बताए।

प्रकाशित: २१ पुस २०७६ ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App