२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

राष्ट्र बैंकको प्रवक्तामा भट्ट

काठमाडौं – नेपाल राष्ट्र बैैंकको प्रवक्तामा गुणाकर भट्ट नियुक्त भएका छन्। अर्थशास्त्रमा विद्यावारिधि गरेका भट्ट करिब १९ वर्षअघि नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका थिए। राष्ट्र बैैंकमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका उनलाई गत बुधबारदेखि प्रवक्तामा नियुक्त गरिएको हो।

यसअघिका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला अवकास हुनुअघि एक महिना अनिवार्य विदामा बसेकाले उनलाई नयाँ प्रवक्तामा नियुक्त गरिएको राष्ट्र बैंकले जनाएको छ। यसअघिका प्रवक्ता निरौला गत पुस ७ गतेबाट विदामा बसेका छन्। भट्टको स्थायी घर डोटी जिल्ला हो।

प्रकाशित: १८ पुस २०७६ ०२:०९ शुक्रबार

राष्ट्र_बैंक प्रवक्ता