१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

काठमाडौंको बजारमा जुम्लाको जौँ

जुम्लामा भइरहेको जौँ खेती। तस्बिर: नागरिक

जुम्ला- जुम्ला तातोपानी ६ का दलबहादुर खड्का यहाँको गाउँबस्तीमा जौँ खरिदमा लागेका छन्। २०७० सालदेखि जौँ को ब्यापार गर्न थालेका खड्का प्रत्येक वर्ष न्यूनतम २० देखि ४० मेट्रिकटनसम्म जौँ काठमाण्डौ पुुर्‍याउँछन्। उनले भने,‘ जौँ बाली यहाँको हेलाको बाली हो। तर काठमाण्डौँमा राम्रो मूल्यमा बिक्री भइरहेको छ।’ पहिलो वर्ष १८ टन जौँ काठमाण्डौँ पुर्‍याएपछि एक्कासी माग बढेको छ। उनले अहिलेसम्म दस टन जौँ खरिद गरेर पठाउने तयारीमा छन्।

गाउँमै जौँ प्रति केजी २४ रुपैयाँमा किनबेच भइरहेको छ। सुगर भएकाले बढि जौँ को रोटी प्रयोग गर्छन्। यो बाली मानव स्वास्थ्यका लागि निकै स्वस्थकर पनि छ। सातु बनाएर खाजा नास्तामा प्रयोग गर्नुका साथै पूजा आजामा पनि प्रयोग हुन्छ। जौँ जुम्लामा गाईबस्तुलाई दानाको रुपमा प्रयोग गर्छन्। यो समयमा जुम्लामा खाद्य वस्तु आयत गरिरहेका प्रत्येक मालबहाक गाडीमा जौँ निर्यात भइरहेको छ।

तातोपानी गाउँपालिका ५ का टिकाराज चौलागाइ प्रत्येक वर्ष १० देखि पन्ध्र टनसम्म जौँ लिन्छन्। उनी बियर उत्पादन कम्पनीमा बेचेर आउँछन्। उनका अनुसार बियर बनाउनको लागि जौँ निकै राम्रो कच्च पदार्थ हो।  जुम्लामा २४ रुपैयाँमा खरिद गरिएको जौँ काठमाण्डौँको बजारसम्म पुग्दा ४२ रुपैयाँ प्रति केजीमा बिक्री हुन्छ। काठमाण्डौको पशुपति मन्दिरमा पूजाको लागि जुम्लाको जौँ प्रयोग भइरहेको उनीहरु बताउँछन्।

पहिले काठमाण्डौँका ब्यापारीले जुम्लाका ब्यापारीसँग माग अनुसार सम्झौता गर्छन्। सम्झौता अनुसार यहाँका ब्यापारीले जौँ खरिद गर्छन्। अहिले चन्दननाथ नगरपालिका, तातोपानी र तिला गाउँपालिका क्षेत्रबाट अत्याधिक जौँ बिक्री भइरहेको छ।

पछिल्लो पुस्ताले जौँ को परिकार मन नपराउने भएपछि उत्पादन घटिरहेको थियो, स्थानीय चौलागाइ भन्छन्,‘ब्यापारी जौँ को खरिद गर्न गाउँ पुग्न थालेपछि निकै राम्रो उत्पादन भइरहेको छ। किसान जौँ उत्पादनमा उत्साहित छन्।’ जौँ लाई जुम्लामा निकै सुखी बालीका रुपमा हेरिन्छ। यो खेतबारीमा छरेपछि गोड्नु पर्दैन्। एक्कासी घर भित्र्याउने बेला आइपुग्छ।

भदौ महिनामा यहाँको लेकाली क्षेत्रमा जौँ लगाइन्छ। सिंचित क्षेत्रमा मंसिरदेखि माघ महिनासम्म लगाउँछन्। भित्र्याउने समय एउटै हो जेठदेखि असार महिना। जिल्ला कृषि विकास कार्यालय जुम्ला यहाँको कुल कृषि योग्य क्षेत्रमा सबैभन्दा बढि क्षेत्रफल जौँ खेतीले ओगटेको छ। जुम्लाको तीन हजार ८ सय हेक्टरमा जौँ खेती भइरहेको कृषि कार्यालयको तथ्यांक छ। प्रति हेक्टर १५ क्वीन्टल जौँ उत्पादन हुन्छ। यो वर्ष मौसम अनुकुल भएकोले प्रति हेक्टर १६ क्वीन्टलसम्म उत्पादन भयो।

जुम्लाको कुल उत्पादन मध्ये ४० प्रतिशत उत्पादन जिल्ला बाहिर निर्यात भइरहेको छ। जुम्लाको एक नगरपालिका र ७ वटै गाउँपालिकामा जौँ खेती हुन्छ। अहिले बुढापाकाले जौँ को रोटी नै रुचाउँछन्। उनीहरु जौँ लाई तागतदार बाली मान्छन्। काठमाण्डौँमा जौँ को पिठो पनि राम्रो मूल्यमा बिक्री हुुने गरेको छ। यहाँ स्याउ, सिमीको राम्रो किनबेच भइरहेको बेला जौँ पनि बिक्री राम्रोसँग भइरहेको छ।

जुम्ली जौँ पशुपतिनाथको लागि अत्यन्तै शुभ हुने भएकोले जौ बाली बजारीकरणमा खासै समस्य हुने देखिदैन। घोडा खच्चरको दानामा प्रयोग हुने जौँ पशुपतिनाथले होम लगायतको पूजामा प्रयोग हुँदै आएको छ। खरिद गरेको जौँ निर्यातको लागि कृषि कार्यालय जुम्लादेखि सिफारीस लिने क्रम बढेको छ।   

गाउँमा खेर गईरहेको जौँ खरिद गरेर भण्डारण गरिसकेपछि निर्यातको लागि सिफारीस गर्न जादाँ कृषि कार्यालय निकै खुसी देखिएको उनले बताए। जुम्लाका प्रत्येक घरमा ५ कवीन्टलदेखि १५ क्वीन्टलसम्म जौँ उत्पादन हुँदै आएको छ। यहाँ स्थानीय हाँसे जातको जौँ खेती गरिन्छ। जौँबाट काब्रो हाईड्रेड पाउँछ। सातु र सर्बोतम पिठो बनाउनका लागि प्रयोग हुन्छ।
 

 

प्रकाशित: ५ पुस २०७६ ०८:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App