१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

चार कलेजसँग सहकार्य

काठमाडौं – क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब/सफ्टवेयर विकाससम्बन्धी विशिष्टीकृत कम्पनी जेनेस सोलुसनले काठमाडौंका चार कलेजसँग क्लाउड कम्प्युटिङ प्रशिक्षण र विद्यार्थीको प्रमाणीकरणका लागि रणनीतिक साझेदारीसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेको छ।

जेनेस सोलुसनको शैक्षिक शाखा जेनेस क्लाउड एकेडेमी (जिसिए)का शैक्षिक कार्यक्रम प्रमुख निरञ्जन उदास र नेसनल कलेजका शैक्षिक निर्देशक नवराज हेका, नेसनल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसिआइटी)का प्रिन्सिपल निरञ्जन खकुरेल, भिरिञ्ची कलेजका निर्देशक प्रदीप पन्त तथा टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीका प्रमुख कार्यकारी अधिकृत भेषराज पोखरेलले काठमाडौंमा आयोजित एक समारोहमा यससम्बन्धी सहकार्य सम्झौतामा हस्ताक्षर गरेका छन्।

जेनेसले हालैमात्र नेपालमा उद्योगमुखी क्लाउड कम्प्युटिङ प्रशिक्षणहरू र अमेजनको जब पोर्टलमार्फत विश्वव्यापी रोजगारीमा पहुँचका लागि लोकप्रिय अमेजन वेब सर्भिस (एडब्लुएस) एजुकेट प्रोग्राम आरम्भ गरेको जनाएको छ। उल्लेखित कलेजहरू नेपालका विभिन्न सहरका छानिएका २५ भन्दा बढी शैक्षिक प्रतिष्ठानमध्येका चार हुन्, जहाँ विद्यार्थी र शिक्षकलाई उदाउँदा क्लाउड कम्प्युटिङका विषयमा पहुँचका उपकरण, पाठ्यक्रम र प्रमाणीकरणमा मार्ग प्रशस्त गर्नका लागि एडब्लुएस एजुकेट प्रोग्राम र माइक्रोसफ्ट लर्न प्रोग्रामजस्ता अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त शैक्षिक विधि अंगीकार गर्न प्रोत्साहित गर्ने गरी जेनेसले रणनीतिक साझेदारी विकास गर्ने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ४ मंसिर २०७६ ०३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App