९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

सम्पदा पुनर्निर्माणमा मौलिकता जरुरी

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले एतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्दा नेपाली मौलिकतामा ध्यान दिन पुनर्निर्माणमा संलग्न इन्जिनियरलाई आग्रह गरेका छन्।

सोमबारदेखि ‘उत्तम भविश्यका लागि बलियो पूर्वाधार’को नारासहित राजधानीमा सुरु भएको परामर्शदाता आर्किटेक्चरल तथा इन्जिनियरिङ कम्पनीको संगठन (स्काफ) सम्मेलनको उद्घाटनमा बोल्दै उनले भूकम्प गएको लामो समय हुँदा पनि अझै पुनर्निर्माण कार्य सम्पन्न नभएको प्रति दुःख व्यक्त गर्दै सम्पदा निर्माणमा नेपाली मौलिकता झल्कने गरी निर्माण गर्न आग्रह गरेका हुन्।

देश विकासको नक्सा कोर्ने काम इन्जिनियरको भएको जनाउँदै उनले उक्त नक्सा कोर्दा देशको समृद्विलाई आधार मानेर दिगो भौतिक विकासमा जोड दिन आवश्यक रहेको उनको भनाइ छ। इन्जिनियर र निर्माण कम्पनीका कारण  अहिलेको विकास दिगो विकास नभएको जनाउँदै आज बनाएको सडक भोलि भत्कने, सम्पदाले भरिएको क्षेत्रमा सिमेन्टजन्य वस्तु प्रयोग भइरहेको भन्दै उक्त कार्यमा सम्बद्व निकायले ध्यान दिनुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित: ३ मंसिर २०७६ ०३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App