विराटनगर – सरकारी नीतिका कारण विगत ६ महिनादेखि बन्द भएका लिकर(मदिरा उद्योगको कच्चा पदार्थ) उद्योग सञ्चालनमा आउने भएका छन्। मदिरा(विशेषगरी ह्वीस्की)को कच्चा पदार्थ उत्पादन गर्ने उद्योगहरूको उत्पादनदर सरकारले परिमार्जन गरेपछि उद्योग सञ्चालनको तयारी थालिएको हो।
सरकारले उत्पादनदर बढाएपछि बन्द भएका उद्योगहरु पुनः सञ्चालनमा ल्याउन लागिएको मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष तथा प्रिमियर अर्गानिक प्रालिका सञ्चालक पवनकुमार सारडाले बताए। सारडाका अनुसार सरकारको ‘अव्यावहारिक नीति’का कारण नेपालमा सञ्चालित लिकर उद्योगहरू ६ महिनाअघि बन्द भएका थिए।
सरकारी नीतिकै कारण उद्योग बन्द भएपछि सरकारले केहीदिनअघि उक्त नीति पुनः परिमार्जन गरेको थियो। मन्त्रिपरिषद्बैठकले सरकारको पुरानो निर्णयपरिमार्जन गरेका कारण बन्द उद्योग सञ्चालनको तयारी थालिएको सारडाले बताए। उनका अनुसार मन्त्रिपरिषद्ले उत्पादनदर परिमार्जन गरी ३४ प्रतिशतमा झार्ने निर्णय गरेको छ। गतवर्षसम्म यस्ता उद्योगको उत्पादन दर ३१ प्रतिशत थियो। सरकारले ३१ प्रतिशतबाट एक्कासि बढाएर ४२ प्रतिशत पु¥याएपछि नेपाली उद्योगहरू कच्चा पदार्थ उत्पादन गर्न असमर्थ भएको सारडाले बताए। ‘दुईलिटर दुध दिने गाईले थोरै बढी सक्ला,चार लिटर उत्पादन गर्नुपर्छ भनियो भने सम्भव हु“दैन,’ उनले भने, ‘३१ प्रतिशत उत्पादन गर्दै आएका उद्योगलाई हचुवाका भरमा ४२ प्रतिशत उत्पादन गर्नुपर्ने मापदण्ड तोकिएपछिउद्योग सञ्चालन गर्न सम्भव भएन।
मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित हुन बा“की रहेको पनि सारडाले जानकारी दिए। निर्णय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने भएकाले बन्द उद्योग सञ्चालनको तयारी थालिएको उनले स्पष्ट पारे। सरकारको नीतिगत व्यवस्थाले उद्योग नै बन्द भएपछि उद्योगीले करोडौं रुपैया“ नोक्सानी बेहोर्नुपरेको सारडाको गुनासो छ। उनले भने, ‘बन्द हु“दा एउटा उद्यमीले कम्तीमा पाँच करोड रुपैया“ नोक्सान बेहोर्नु परेको छ।’ बैंक ब्याज, कर्मचारीको तलब, अन्य सञ्चालन खर्चलगायतमा उद्योगहरूले करोडौं रुपैया“ गुमाउनुपरेको सारडाको गुनासो छ।
उनले भने, ‘सरकारी नीतिले उद्योगहरूलाई लागेको घाटा कसले बेहोर्ने ?’ सरकारले हचुवाका भरमा निर्णय गर्दा नेपालमा लगानीको वातारवरण पनि खलबलिएको उनको भनाइ छ। नेपालमा लगानी गर्ने कोही पनि सुरक्षित नरहेको सारडाले बताए। उनले भने, ‘सरकारले कुनै पनि बेला हचुवाका भरमा नया“ नीति ल्याउने भएकाले जुनसुकै उद्योग पनि बन्द हुनसक्ने खतरा छ।’ नेपालमा ह्विस्कीको कच्चा पदार्थ उत्पादन गर्ने आठवटा लिकर्स उद्योगमध्ये प्रदेश १ मा दुईवटा छन्।
नेपाली उद्योग बन्द भएपछि मदिरा उद्योगहरूले विदेशबाट कच्चा पदार्थ आयात गरेका थिए। विदेशबाट कच्चापदार्थ आयात गर्दा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विराटनगर भन्सारबाट यस्ता कच्चा पदार्थको आयात उच्चदरले बढेको थियो। विराटनगर भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक लाख ५० हजार लिटर कच्चापदार्थ आयात भएको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा विराटनगर नाकाबाट मदिरा बनाउन प्रयोगहुने यस्तो कच्चा पदार्थ ४८ हजार लिटर मात्रै आयात भएको थियो।
उद्योग नै बन्द भएपछि पूर्वका उद्योगी, व्यवसायीले नीति परिमार्जन गर्न सरकारलाई दबाब दिएका थिए। मोरङ व्यापार संघ, उद्योग संगठन मोरङलगायतले अव्यावहारिक नीति फेर्न सरकारलाई दबाब दिएका थिए। मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्धडाले लिकर उद्योगका समस्या समाधान भइसकेका कराण सबै उद्योग सञ्चालनमा आउन लागेको बताए। मोरङ व्यापार संघले गत साता विराटनगरमा राष्ट्रियसभाको प्रत्यायोजित कानुन तथा सरकारी आश्वासन समितिका पदाधिकारीहरूलाई मौखिक तथा लिखित रुपमा लिकर लगायत विभिन्न उद्योगले भोगिरहेका समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको थियो।
प्रकाशित: १ मंसिर २०७६ ०२:१५ आइतबार