८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

काँडाघारीमा सदस्य सेवा केन्द्र

काठमाडौं – ज्येष्ठ आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कागेश्वरी मनोहरा नगरपालिका–९, सनसिटी, काँडाघारीमा सदस्य सेवा केन्द्र सञ्चालन गरेको छ।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, संस्थाका अध्यक्ष रामप्रसाद आचार्य लगायतले शनिबार सेवा केन्द्रको संयुक्तरूपमा उद्घाटन गरे।

संस्थाका अध्यक्ष रामप्रसाद आचार्यले संस्थाले गाउँ–सहर जोड्न सेवा केन्द्र सञ्चालन गरिएको बताए। उनले भने, ‘हामीले नागरिक तथा सेयरधनीको विश्वास जितेकाले सदस्य बढिरहेका छन्।’

उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, सेयर सदस्य तथा स्थानीय गरी सात सयभन्दा बढीको उपस्थिति रहेको संस्थाले जनाएको छ।

सो अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। नेपाल रेडक्रसको सहकार्यमा गरिएको कार्यक्रममा सहकारी संस्थाका कर्मचारी तथा स्थानीय गरी ५२ जनाले रक्तदान गरेका थिए।

कार्यकारी संचालक हेमबहादुर कार्कीका अनुसार संस्थाले हाल न्युरोड, मैतिदेवी र काँडाघारीबाट सेवा दिइरहेको छ।संस्थाले एक अर्ब ३८ करोड रूपैयाँको कारोबार गरेको र ९५ करोड रूपैयाँ निक्षेप संकलन गरेको जनाएको छ।

संस्थाले गत कात्तिक २ गते काँडाघारी क्षेत्रमा स्थानीय टोल सुधार समितिसँग सहकार्य गरी सरसफाइ अभियानसमेत चलाएको थियो।

प्रकाशित: २५ कार्तिक २०७६ ०६:१० सोमबार

ज्येष्ठ_आइडियोलोजी_बचत_तथा_ऋण_सहकारी_संस्था_लिमिटेड कागेश्वरी_मनोहरा_नगरपालिका