१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

तीन महिनामा साढे चार करोड कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं – चालु आर्थिक वर्ष ०७६/७७ को असोज मसान्तसम्म चार करोड ५७ लाख ६३ हजार ६ सय सात कित्ता बोनस सेयर सूचीकृत भएका छन्। वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त विकास बैंकलगायत १७ वटा कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जनाएको छ।

सेबोनका अनुसार चालु आवको पहिलो तीन महिनामा बोनस सेयर सूचीकृत भएका बैंक तथा वित्तीय संस्थामा वाणिज्य बैंक दुई, विकास बैंक तीन, फाइनान्स एक, बिमा कम्पनी ६ र अन्य दुईवटा कम्पनी रहेका छन्। यी कम्पनीका चार अर्ब ५७ करोड ६३ लाख ६० हजार सात सय ८५ रुपैयाँ बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ।

‘क’ वर्गका वाणिज्य बैंकमा सबैभन्दा बढी प्राइम कमर्सियल बैंकको बोनस सेयर सूचीकृत भएको छ। बैंकको एक अर्ब २८ करोड ५३ लाख २७ हजार आठ सय रुपैयाँ बराबरको एक करोड २८ लाख ५३ हजार दुई सय ७८ कित्ता बोनस सूचीकृत भएको हो।

त्यसैगरी, सेञ्चुरी कमर्सियल बैंकको १६ लाख ५० हजार अर्थात १६ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सूचीकृत भएको जनाइएको छ।

‘ख’ वर्गका विकास बैंकमा पूर्णिमा विकास बैंकका दुई करोड ६२ लाख ५१ हजार ६ सय रुपैयाँ बराबरको दुई लाख ६२ हजार पाँच सय १६ कित्ता बोनस सेयर सूचीकृत भएका छन्।

त्यसैगरी विकास बैंकमा लुम्बिनी विकास बैंकका ३७ लाख ७१ हजार नौ सय ७२ कित्ता बोनस सेयर सूचीकृत भएका छन्। नेप्सेका अनुसार देव विकास बैंकको १२ लाख ९३ हजार पाँच सय २४ कित्ता बोनस सेयर सूचीकृत भएका हुन्।

‘ग’ वर्गका वित्त कम्पनीमध्ये रिलायन्स फाइनान्सको आठ करोड ९१ लाख ८७ हजार चार सय ३५ रुपैयाँ बराबरको आठ लाख ९१ हजार आठ सय ७४ कित्ता बोनस नेप्सेमा थप भएका छन्।

त्यसैगरी, ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थामा उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको दुई लाख २२ हजार सात सय ५० कित्ता, नागबेली लघुवित्त वित्तीय संस्थाको एक लाख ४३ हजार आठ सय कित्ता र मिथिला लघुवित्तको ६८ हजार नौ सय ४६ कित्ता बानेस सेयर सूचीकृत भएका छन्।

नेप्सेका अनुसार हाइडोपावर कम्पनीमा अपी पावर कम्पनीको पाँच प्रतिशत र रादी विद्युत कम्पनीको पाँच प्रतिशत बोनस सेयर सूचीकृत भएका छन्। अपी पावरको पाँच लाख ६७ हजार कित्ता र रादी विद्युत कम्पनीको दुई लाख २५ हजार पाँच सय २५ कित्ता बोनस सेयर सूचीकृत भएका हुन्।

नेप्सेका अनुसार संख्यात्मक हिसाबमा सबैभन्दा बढी ६ वटा बिमा कम्पनीका बोनस सेयर सूचीकृत भएका छन्। जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको एक अर्ब नौ करोड ९२ लाख ३२ हजार एक सय ६२ रुपैयाँ बराबरको सेयर सूचीकृत भएको छ। 

त्यसैगरी, प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)को ४९ करोड पाँच लाख ६० हजार रुपैयाँ, सगरमाथा इन्स्योरेन्स कम्पनीको ४६ करोड २९ लाख ३१ हजार रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको १३ करोड ५८ लाख २८ हजार रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सको १३ करोड ४० लाख ८१ हजार ६ सय ५० रुपैयाँ र आइएमई जनरल इन्स्योरेन्सको चार करोड ८६ लाख रुपैयाँ बराबरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको धितोपत्र बजारको नियामक निकाय सेबोनले जनाएको छ।

प्रकाशित: २० कार्तिक २०७६ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App