२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

प्रदेश नं २ का पेट्रोल पम्प बन्द

काठमाडौ – पेट्रोल पम्प संचालकको हत्याको विरोधमा पेट्रोलियम व्यवसायीले प्रदेश २ का पेट्रोल पम्प बन्द गरेका छन्। जनकपुरधामका पेट्रोल पम्प संचालक मनोज साहको हत्या भएको बिरोधमा शनिवार पम्प बन्द गरेको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले जनाएको छ।

एशोसिएशनका अध्यक्ष लिलेन्द्र प्रधान र महासचिव विश्व अर्यालले विज्ञप्ति प्रकाशित गरी हत्याको विरोध स्वरुप कारोबार बन्द गर्न आह्वान गरेका थिए। अत्यावश्यक पेट्रोलियम पदार्थ बिक्री नभएपछि उपभोक्ता मारमा परेका छन्। धनुषाका सबै पम्पहरु दिनभर बन्द भएका थिए भने प्रदेश नं २ अन्तर्गतका अन्य जिल्लामा केही घण्टा बन्द भएका थिए । पेट्रोलियम व्यवसायी असुरक्षित भएको भन्दै सरकारसँग सुरक्षा माग गरेका छन्।

यता नेपाल आयल निमगले तिहारमा इन्धन अभाव हुन नदिन बिदाका दिन पनि मुलुकभरका सबै डिपो खुल्ला राखेर पेट्रोलियम पदार्थ बिक्री गर्ने जनाएको छ। चाडपर्वको बेला इन्धनको नियमित रुपमा इन्धन बिक्री गर्ने निगमले जनाएको छ। निगमले पेट्रोल पम्पलाई डिजेल तथा पेट्रोल मौज्दात राख्न पनि निर्देशन दिएको छ। चाडपर्वमा यातायातका साधानका लागि इन्धन अतिवाश्यक रहेकाले वितरणको व्यवस्था मिलाएको हो।

प्रकाशित: १० कार्तिक २०७६ ०३:५० आइतबार

पेट्रोल_पम्प