२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

काम कम, भुक्तानी बढी

भैरहवा - भैरहवा–लुम्बिनी खडक अन्तर्गत निर्माणधिन दुई पुल वर्षौदेखि अल्पत्र छ। पुल निर्माणको ठेक्का पाएको पप्पु बाम्ती जेभि कन्सट्रक्सन र आयोजनाले एक अर्कामाथि दोषारोपण गर्दै पुल वर्षौदेखि अलपत्र परेका हुन्।

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी जान बनाइएको बनगाईस्थित तिनाउ खोलाको पुल र दानव नदीको डण्डा पुल ०७३ सालमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनी पप्पु बाम्ती जेभि कन्सट्रक्सनले ०७१ असार २५ गते सम्झौता गरे पनि हालसम्म निर्माण सम्पन्न नहुँदा नागरिकले सास्ती खेप्नु परेको छ।

हुलाकी सडकमा पर्ने रुपन्देहीका यी दुई पुल निर्माण कम्पनी पप्पु बामतीले गर्नसक्ने सम्पुर्ण काम गरिसकेको र पुलको डिजाइनमा नै प्राविधिक त्रृटि रहेकाले निर्माण अगाडि बढाउन नसकेको बताएका छन् भने हुलाकी सडक आयोजनाले भने निर्माण व्यवसायीले काम नगरी विविध समस्याहरु देखाएको पुलको काम सम्पन्न नभएको बताए।

हाल एक अर्कामाथि दोष लगाएर पुल कहिले बन्नेमा टुगो लागेको छैन। लुम्बिनी मार्गमा रहेको यी दुईवटै पुलको अवस्था उस्तैे छ। कन्सट्रक्सन र योजनाको लापरवाहीको कारण पुल वर्षौदेखि अलपत्र छ। साँघुरो पुल र जीर्ण भएका कारण पुलमा अवगामन एकोहोरा गरिएको छ भने सवारी जामको समस्या पनि छ। कथमकदाचित पुल क्षति भएमा यसले लुम्बिनी करिडोरमा रहेका दर्जनौ उद्योगलाई प्रत्यक्ष असर पार्छ भने लुम्बिनी आउने स्वदेशी, विदेशी पर्यटक आवतजावत बन्द पनि हुन सक्छ।

लुम्बिनी जाने प्रत्येक पर्यटक पुलका कारण घण्टौँ समयसम्म जाममा बस्नु पर्ने बाध्यता छ। निर्माणधिन पुल समयमा सम्पन्न नहुदाँ साँघुरो पुलका कारण सवारी जामका हुने र एकतर्फी मात्र सवारी संचालन गराउदा ट्राफिक व्यवस्थापनमा निकै समस्या परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।  सवारी जाम समस्या कारण पुलमा ट्राफिक व्यवस्थापनका लागि ५ जना ट्राफिक प्रहरी खटाइएको र जनशक्ति नहुदाँ जनपथ प्रहरीको सहयोगमा पुलमा ट्राफिक व्यवस्थापन भइरहेको ट्राफिक प्रहरी बेथरीका इन्चार्ज नारद कार्कीले बताए।

पुलसहित आयोजना हुर्ने हुलाकी सडक आयोजनाका प्रमुख ईश्वर बहादुर रिजालका अनुसार फिल्डबाट प्रतिवेदन लिएर विभाग पठाएको बताए। ‘ ०७३ सालमै निर्माणकार्य सम्पन्न गरिसक्नु पर्ने पप्पु बाम्ती जेभि कन्सट्रक्सनले करिब ५ वर्षसम्म पुलको निर्माण कार्य सम्पन्न गरेको छैन्। समयमा काम सम्पन्न नगरेको ठेकेदारले विभिन्न कारणले देखाएर ०७५ असार २३ गते सम्म काम सम्पन्न गर्ने थप म्याद पाएको थियो। अब पुल निर्माण समबन्धमा विभागले के निर्देशन दिन्छ सोही अनुसार निर्माण व्यवसायीसँग ठेक्का तोडने कि काम गर्न दिने विषयमा छलफल भइरहेको छ , यही महिना भित्र निकास निस्कन्छ।’ रिजालले नागरिकसँग भने।

यता सार्वजनिक खरिद आठौँ संशोधन नियमावली २०७६ अनुसार जेठ २३ गते अघि खरिद सम्झौता भई कार्य सम्पन्न नभएकोले प्रविधिक प्रतिवेदन र कार्य प्रगति एवम बाँकी कार्यको विशलेषण गरी म्याद थप गर्दा सम्झौता बमोजिम कार्य सम्पन्न देखिएमा आयोजनालाई थप आर्थिक व्याभार नपर्ने गरी बढीमा एक वर्षको म्याद थप गर्न सकिने व्यवस्था छ। यसरी म्याद थप गरिएको पनि अवधि भित्र सम्झौता बमोजिम काम सम्पन्न नभए कार्य सम्पादन जमानत वा धरौटी समेत जफत गरि प्रचलित कानुन बमोजिम असुल उपर गरी कालोसूचिमा राख्ने व्यवस्था अनुसार कारबाही गरिने विधानमा उल्लेख छ।

अब म्याद थपको सम्भावना नभएकोले के गर्ने विषयमा माथिबाट आदेश कुरिरहेका छौ। सो अनुसार काम अगाडि बढ्छ रिजालले भने। निर्माणव्यवसायीका प्रविधिक विकास झाले भने हामीले आफ्नो क्षमता अनुसार गर्न सक्ने काम सबै गरिसकेको र निर्देशनालयलाई जानकारी गराएको बताए। थप काम गर्नका सुरुबाटै पटक पटक विभागमा पत्राचार गरेको र समस्या समाधानको बाटो पनि देखाए पनि विभागले लिखित रुपमा काम गर्नेतर्फ केही  चासो नदिइएको बताए। पुल अन्तिम पिलर बनाउदा सडक भस्किन्छ र सवारी आवगमन पनि बन्द हुने भएकोले सो को जिम्मा कसले लिने यकिन नभएकोले काम रोकीएको निर्माण कम्पनिका प्रविधिक झाले नागरिकलाई बताए।

काम अगाडि बढाउन बाटो सुचारु राख्न विकल्पका लागि डाइभर्सन र बेली व्रिजको प्रस्ताव पनि मागेकोले पेश गरेपनि त्यसतर्फ आयोजनाले केही चासो नदेखिएकोले काम रोकेका छौ। अहिले सम्म पनि बारम्बार पत्राचार भइरहेको छ।

‘फिल्ड नै नहेरी डिजाइनमै भएको छ। आयोजना र व्यवसायी छलफल गरी सबै समस्या समाधान भए त्रृटिरहित नयाँ डिजाइनबाट १८ महिनाको समयमा दुई वटै पुल हामीले निर्माण सम्पन्न गर्न सक्छौँ।’ प्रविधिक झाले भने

काम कम भुक्तानी बढी
म्याद थप पछिको म्याद २०७५ असार मसान्त भए पनि सो समयावधि सम्म तिनाउ पुलको करिब ५० प्रतिशत काम सम्पन्न भएको छ भने डण्डातर्फ २५ प्रतिशत काम मात्र भएको छ।

तिनाउ खोलाको पुल निर्माणका लागि ६ करोड २ लाख ५६ हजार २ सय १२ रुपैया ९३ पैसा भ्याट सहित ठेक्का समझौता भएको निर्माण व्यवसायीले ३ करोड १६ लाख ९८ हजार ५ सय ५० रुपैया अर्थात ५३ प्रतिशत भुक्तानी लिइसकेको छ। त्यस्तै दानव नदीको डण्डा पुल ५ करोड ५६ लाख ८० हजार १ सय १५ रुपैया ३२ पैसा भ्याटसहित ठेक्का सम्झौता भएकोमा निर्माण व्यवसायीले २ करोड ४० लाख १४ हजार ३१७ रुपैया अर्थात ४३ प्रतिशत  भुक्तानी लिइसकेको छ।

कार्यालयले ५ करोड ५६ लाख रुपैयाँमा २ वटा पुल निर्माणको ठेक्का दिएको ठेकेदारलाई तिनाउ पुलको ५० प्रतिशत काम सम्पन्न गरे बापत ५३ प्रतिशत र दानव पुलको २५ प्रतिशत काम सम्पन्न गरे बापत ४३ प्रतिशत रकम भुक्तानी गरिसकेको जनाएको छ। काम नहुँदै बढी रकम भुक्तानी दिनुमा पनि योजना माथी शंका देखिएको छ भने।

प्रकाशित: १७ आश्विन २०७६ ०५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App