५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

निरोगी खसीबोकामा रङ लगाउन सुरु

काठमाडौं – काठमाडौं महानगरपालिकाले दसैंका लागि बाहिरबाट काठमाडौं ल्याइएका निरोगी खसी, बोका, भेडा, च्यांग्राको सिङ्मा हरियो रङ लगाउन सुरु गरेको छ। सोमबारदेखि महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ नेतृत्वमा पशु सेवा विभाग, वाणिज्य तथा आपूर्ति विभाग, खाद्य तथा गुण नियन्त्रण विभागलगायत कार्यालयका प्रमुख तथा प्रतिनिधिले सिङ्मा हरियो रङ लगाउन सुरु गरेका हुन्।

महानगरका उपप्रमुख खड्गी श्रेष्ठ, पशु सेवा विभागका महानिर्देशक डा. बंशी शर्मा र वडा १४ की अध्यक्ष शोभा सापकोटाले कलंकी खसीबजार पुगेर च्यांग्राका सिङ्मा हरियो लगाएका थिए। यसै क्रममा उनीहरुले कलंकीको चौपाया बिक्री केन्द्र निरीक्षणसमेत गरेका थिए।

महानगरपालिकाका उपप्रमुख श्रेष्ठले अनुगमनपछि पर्वमा खाइने मासुजन्य परिकारलाई स्वस्थ्य बनाउन महानगरपालिकाले पशु स्वास्थ्य जाँच र बजार अनुगमनलाई एकैसाथ तीव्र बनाएको बताइन्। खाद्य वस्तुको उत्पादन, ढुवानी, बिक्री वितरण, भण्डारणमा खबरदारी जरुरी भएको बताउँदै उनले मौसमी अनुगमनबाट बजार व्यवस्थापन गर्न झन जटिल भएको बताइन्। ‘सहरका बजारमा विभिन्न ठाउँमा  सुधार गर्नुपर्ने, कति ठाउँमा नियमन गर्नुपर्ने अवस्था देखियो,’ उनले भनिन्, ‘अब सचेतना पनि बढाउने र कानुन नमान्नेलाई कारबाहीको दायरामा पनि ल्याउनुपर्छ।’

पशु सेवा विभागका महानिर्देशक शर्माले खसी, बोका, च्यांग्रालगायत रोगी भेटिए ढुवानी हुनुअघि नै रोक्ने गरेको बताए। उनले बाहिरबाट ल्याइएका खसीबोकाको स्वास्थ्य अवस्था के कस्तो छ भनेर काठमाडौंमा स्वास्थ्य परीक्षण गरिने गरेको उनले बताए।

काठमाडौं महानगरपालिकाका अनुसार पशु सेवा विभागसँग समन्वय गरेर अब स्वस्थ चौपायाको सिङ्मा हरियो र खान प्रयोग गर्न नमिल्ने खसीको सिङ्मा रातो रङ् लगाउने छ। महानगरको कृषि तथा पशुसेवा विभागका प्रमुख हरिबहादुर भण्डारीले यस वर्ष बाहिरबाट ल्याइएका खसी, बोका, च्यांग्राको स्वास्थ्य परिक्षण गरेर मात्रै बिक्री वितरण गर्ने प्रवन्ध मिलाइने बताए। उनका अनुसार कलंकी, टुकुचा र गोंगबु बाइपास गरी तीन ठाउँमा खसी बजार लाग्ने छ।

प्रकाशित: १४ आश्विन २०७६ ०१:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App