२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

स्थानीय तहको लापर्बाहीले राजमार्ग क्षतिग्रस्त

डडेल्धुरा–डोटी जोड्ने डा.केआई सिंह राजमार्गमा थुपारिएको माटो।

डडेल्धुरा– प्राविधिक अध्यायन बिना नै जथाभावी शाखा सडक निर्माण गर्दा राष्ट्रिय राजमार्ग क्षती ग्रस्त हुन थालेका छन्। स्थानीय तहले आफुखसी शाखा सडक निर्माण गर्न थाले पछि डडेल्धुरा लगायत सुदुरपश्चिमका पहाडी जिल्ला जोड्ने राष्ट्रिय राजमार्ग क्षती ग्रस्त हुन थालेका हुन्।

यसले मुख्य राजमार्गमा पहिरो खस्ने खतरा समेत बढाएको छ।  राजमार्गमा जथाभावी सडक सञ्जाल खोलिनु सार्वजनिक सडक ऐन २०३१ को विरुद्ध रहेको मानिन्छ। 

बजेट सकाउने स्थानीय तहको खराब नियतले सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने एकमात्र सडक भिमदत्त राजमार्ग लगायत केआई सिह राजमार्ग, जयपृथ्वी राजमार्ग, दशरथ चन्द राजमार्ग बढि जोखिममा परेका छन्।

राजमार्गको प्रवाह नगरी खनिने शाखा सडकले कालोपत्रे फुट्नुका साथै खाल्टा खुल्टी पर्ने, नाली, पर्खाल समेत भत्किएका छन। अन्धामधुन्द रुपमा काटिने ग्रामिण सडकमा यातायात संचालनको जोखिम समेत बढेको छ।

राष्ट्रिय राजमार्ग जोड्ने गरी मापदण्ड विपरित बनाइएका शाखा सडकका कारण राष्टिय राजमार्गको नालीमा अवरोध हुने, सडक जाम हुने, सडक बिग्रने भत्किने गरी पहिरो आउने, सडकको कालो पत्रे उप्कीदा खाल्टा खुल्टी पर्ने लगायतको समस्या भईरहेको छ। 

‘सडक भत्काउनु अघि धरौटी राख्नु पर्ने, अनुमति लिनु पर्ने, सडक अवरोध भए तत्काल हटाउनु पर्ने नियम छ’ सडक डिभिजन कार्यालय कुलपाते डोटीका निमित्त प्रमुख बलिराज मल्लले भने, ‘स्थानीय तहको मनपरी भयो।’ उनले स्थानीय तहका जनप्रतिनिधीलाई बारम्बार आग्रह गर्दा पनि सडकमा क्षति पुर्याउने काम बन्द नगरेको गुनासो गरे। 

शाखा सडक निर्माणले सडक क्षती हुँदा यातायात संचालनमा समस्या हुने गरेको चालक बताउँछन। ‘शाखा सडक निर्माण गर्नु गलत हैन, राष्ट्रिय राजमार्ग लाई नै क्षती पुग्ने गरी सडक निर्माण गर्ने कार्य रोकिनु पर्छ’ सडक डिभिजन कार्यालयका निमित्त प्रमुख मल्लले भने।
 

 

प्रकाशित: ११ आश्विन २०७६ १३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App