२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

भोटेकोसी पुनर्निर्माण अन्तिम चरणमा, कात्तिकबाट उत्पादन

सिन्धुपाल्चोक – तीन वर्षअघिको बिनासकारी भोटेकोसी बाढीले क्षतिग्रस्त निजी क्षेत्रको सबैभन्दा ठूलो ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत् आयोजना पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। ८० प्रतिशत पुनर्निर्माण सकिएको आयोजनाले आगामी कात्तिकदेखि पूर्ण क्षमतामा व्यावसायिक उत्पादन थाल्ने जनाएको छ।

आयोजना पुनर्निर्माण अन्तिम चरणमा पुगेकाले प्रारम्भिक परीक्षण तयारी भइरहेको भोटेकोसी पावर कम्पनीका महाप्रबन्धक बिक्रमरत्न स्थापितले बताए। ‘आयोजना पुनर्निर्माणको काम तीव्रत्तर अघि बढिरहेको छ,’ उनले नागरिकसँग भने। कात्तिक दोस्रो साताभित्र साढे २२ मेगावाटको पहिलो युनिट र त्यसको १५ दिनभित्र दोस्रो युनिटसहित पूर्ण क्षमतामा उत्पादनमा जाने तयारीसाथ काम भइरहेको उनले जानकारी दिए।

२०७३ असार २१ गते तिब्बती हिमताल फुटेर आएको भोटेकोसी बाढीले प्रारम्भदेखि नै पुनर्निर्माण गर्नुपर्ने गरी आयोजना क्षतिग्रस्त बनाएको थियो। डेढ वर्षदेखि आयोजनाको पुनर्निर्माण भइरहेको हो। चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो ११ व्यूरोले ‘फास्ट ट्रयाक’मार्फत आयोजना पुनर्निर्माण गरिरहेको छ। ठेक्का र समग्र पुनर्निर्माणसहित सात अर्ब रुपैयाँ लागतमा आयोजना पुनः सञ्चालनमा आउने महाप्रबन्धक स्थापितले जानकारी दिए।

२०७३ असार २१ गते तिब्बती हिमताल फुटेर आएको भोटेकोसी बाढीले प्रारम्भदेखि नै पुनर्निर्माण गर्नुपर्ने गरी आयोजना क्षतिग्रस्त बनाएको थियो। डेढ वर्षदेखि आयोजनाको पुनर्निर्माण भइरहेको हो। चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो ११ व्यूरोले ‘फास्ट ट्रयाक’मार्फत आयोजना पुनर्निर्माण गरिरहेको छ।

‘यो रकम नयाँ आयोजना बनाएसरहकै लागत हो,’ उनले भने। महाप्रबन्धक स्थापितका अनुसार क्षति धेरै भएकाले लागत बढेको हो। आयोजनाको बाँध पुनर्निर्माण र ३.३ किलोमिटर सुरुङ सफा गर्ने काम सकिएको छ। अहिले बाँधलाई संरक्षण गर्ने काम भइरहेको छ। त्यस्तै पेनस्टक पाइप र जेनेरेटर मर्मतको काम अन्तिमतिर पुगेको छ। आयोजनाले दुईटा ट्रान्सफर्मर फेरिसकेको छ भने हेडवक्र्स, इलेक्ट्रोनिक्सको काम धमाधम गरिरहेको छ। इलेक्ट्रोनिक्स सामान सबै फेर्नुपरेको कम्पनीले जनाएको छ।

भोटेकोसी बाढीले तातोपानीको १० किलोस्थित आयोजनाको बाँध पुरिदिएको थियो भने त्यहाँ ठूलो परिमाणमा ग्रेगर र ठूल्ठुला ढुंगा थप्र्रिँदा बाँध फुट्नुका साथै हेडवक्र्स नै क्षतिग्रस्त बनेको थियो। बाढीले बाँधको एउटा भाग खोतलेर बालुवा थेग्राउने पर्खाल ध्वस्त बनाउँदै पावर हाउसको इलेक्ट्रो मेकानिकल संरचनामा क्षति पु-याएको थियो।

२०७२ वैशाख १२ को भूकम्पले आयोजनामा ठूलो क्षति पु-याएको थियो। भूकम्पबाट आयोजनाले तीन अर्ब रुपैयाँको भौतिक नोक्सानी बेहोरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार २५ मिलियन अमेरिकी डलरमा आयोजना मर्मत ८० प्रतिशत सकिँदा बाढी निम्तियो। भूकम्पबाट क्षतिग्रस्त आयोजनाका दुईमध्ये एक जेनेरेटरको परीक्षण सफल भइ अर्कोलाई हिटिङ दिने काम भइरहँदा बाढीले सबै काम व्यर्थ बनाउँदै भूकम्प अघिकोभन्दा ठूलो क्षति पु-याएको थियो। कम्पनीका अनुसार पटक–पटकको प्राकृतिक प्रकोपले सुरु लगानी मूल्यको ६० प्रतिशतभन्दा बढी लागत आयोजनाले नोक्सानी बेहोर्नु परेको छ। बाढी अघि आयोजनाको कुल मूल्य ९८ मिलियन अमेरिकी डलर (झन्डै १० अर्ब रुपैयाँ) थियो।

यसअघि २०७१ साउन १७ को जुरे पहिरोले ट्रान्समिसन लाइन बगाउँदा आयोजनाको उत्पादन ६ महिना रोकिएको थियो। मर्मतपछि आयोजना उत्पादनमा गएको चार महिना बित्न नपाउँदै भूकम्प गएको थियो। भूकम्पपछि आयोजनाको उत्पादन बन्द हुँदै आएको छ। लगातार पाँच वर्षदेखि आयोजना बन्द छ। आयोजनाले विद्युत् बेचेर वार्षिक २२–२४ मिलियन अमेरिकी डलर शुल्क असुल्थ्यो। उक्त शुल्क आयोजनाले घाटा बेहोर्दै आएको छ।

भोटेकोसी गाउँपालिकाको तातोपानी र फूल्पिङकट्टीमा रहेको आयोजनाले सुरुका १० वर्ष ३६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको थियो। आयोजना सन् २०११ मा विद्युत् खरिद सम्झौता (पिपिएं) पछि ४५ मेगावाट क्षमतामा गएको थियो। आयोजनाबाट उत्पादित उक्त क्षमताको विद्युत्ले सिन्धुपाल्चोकजत्रा पाँच जिल्ला झिलिमिली पार्ने सामथ्र्य राख्छ। आगामी कात्तिकमा आयोजना सञ्चालनमा आउँदा नदी बहाव घट्ने समय भएकाले विद्युत् उत्पादन भने केही कम हुने महाप्रबन्धक स्थापित बताउँछन्।

प्रकाशित: २५ भाद्र २०७६ ०२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App