१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

व्यवस्थापनमा व्यापक सुधार

भाारतको पश्चिम बंगालस्थित कोलकाता बन्दरगाह। तस्बिर : रितेश/नागरिक

वीरगन्ज – कोलकाता बन्दरगाहले आफ्नो पूर्वाधार विस्तारसँगै प्रक्रियागत तथा व्यपस्थापकीय कुरामा व्यापक सुधार गरेको छ। तीन वर्षअघिसम्म नेपाली व्यापारका लागि भारतस्थित एकमात्र बन्दरगाह रहेको कोलकाताका प्रतिस्पर्धी थपिएका छन् ‘नयाँदुई बन्दरगाह’। आफ्नो सात दशक पुरानो सेवाग्राही नेपाललाई व्यापारका लागि अन्यत्र जानबाट रोक्ने दवावमा कोलकाताले व्यापाक सुधार गरेको छ।

नेपालले वैदेशिक व्यापारका लागि प्रयोग गरिरहेको सबैभन्दा पुरानो हो भारतको पश्चिम बंगाल प्रान्तको कोलकाता खिदिरपुरस्थित बन्दरगाह। सात दशकदेखि नेपालले उक्त बन्दरगाह प्रयोग गर्दा बेहोर्दै आएका समस्या सुधार भएको तेस्रो मुलुकसँगको नेपाली व्यापारका सरोकारवालाको भनाइ छ। यसअघि तेस्रो मुलुकसँगको व्यापारका लागि नेपालसँग विकल्प नहुँदा नेपाली आयातकर्ताका समस्यालाई कोलकाता पोर्ट ट्रस्टले बेवास्ता गर्दै आएको थियो।

कतिपय अवस्थामा बन्दरगाहको व्यवस्थापकीय हेलचेक्र्याइले पनि नेपाली आयातकर्ताले समस्या बेहोर्नु परेको थियो। बन्दरगाहको अपुग संरचना र व्यवस्थापकीय अवस्था कमजोर हुँदा नेपाली आयात महँगो र बढी समय लाग्नेखाले थियो। यसले नेपालले अनावश्यक रुपमा करोडौं रुपैयाँ विलम्ब शुल्क र जरिवाना बेहोर्दै आएको थियो। आयातित मालसामानमाथि व्यापार लागतको भारले उपभोक्तालाई नै थिचिने भएकाले कोलकाताका बेथिति देशकै लागि समस्याको रुपमा अथ्र्याइएको थियो। सरोकारवालाका अनुसार अब भने कोलकाता बन्दरगाह फेरिएको छ।

नेपाली व्यापारका लागि सुविधा बढाएको कोलकाता पोर्ट ट्रस्टको दाबी उसै पनि छ। कोलकाता बन्दरगाहको औपचारिक भ्रमण गर्न पुगेका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मात्रिकाप्रसाद यादव नेतृत्वको टोलीसँग कुरा गर्दै कोलकातापोर्ट ट्रस्टका अध्यक्ष बिनितकुमारले समेत कोलकाता बन्दरगाह फेरिएको र त्यहाँ भएर आयात गर्दा नेपाली आयातकर्तालाई तुलनात्मक लाभ रहेको दाबी गरे।

नेपालले अहिले कोलकातासँगै हल्दिया र बिशाखापटनम गरी तीनवटा भारतीय बन्दरगाह वैदेशिक व्यापारका लागि प्रयोग गर्न पाएको छ। यसमध्ये कोलकाता र हल्दिया नदीमा आधारित बन्दरगाह (रिभराइन पोर्ट) हुन्। बिशाखापट्नममात्र समुद्री बन्दरगाह हो। भारतकै अन्य दुई बन्दरगाह धमरा र मुन्द्रा नेपालले प्रयोग गर्न पाउने भनेर भारतले सैद्धान्तिक सहमति गरिसहेको छ। जसमध्ये ठूला जहाज आउन सक्ने र निजी क्षेत्रले सञ्चालन गरेको समुद्री बन्दरगाह धमराको सम्भाव्यता प्रबल रहेको बताइन्छ। यस्तोमा कोलकाताले आफ्नो पुरानो सेवाग्राही रहेका नेपाली आयातकर्तालाई अन्यत्र जानबाट रोक्न चाहन्छ।

‘हामीले सदैव नेपाली व्यापारलाई राम्ररी सेवा प्रदान गर्न तत्पर छौं, हामीले बन्दरगाहमा भौतिक संरचनामा आवश्यक स्तरोन्नति गरेका छौं, अरु प्रक्रियागत कुरामा पनि सुधार गरेका छौं,’ पोर्ट ट्रस्टका अध्यक्षकुमारले भने, ‘अहिले कोलकाता बन्दरगाहले कस्तो सुविधा दिइरहेको छ भन्ने नेपाली आयातकर्तालगायतले बुझ्न जरुरी छ। यहाँबाट आयात हुँदा व्यापारमा नेपाललाई लागत र समय दुवै बचत हुन्छ भन्ने कुरा अवगत गराउन चाहँन्छु।’

नेपालले अहिले कोलकातासँगै हल्दिया र बिशाखापटनम गरी तीनवटा भारतीय बन्दरगाह वैदेशिक व्यापारका लागि प्रयोग गर्न पाएको छ। यसमध्ये कोलकाता र हल्दिया नदीमा आधारित बन्दरगाह (रिभराइन पोर्ट) हुन्। बिशाखापट्नममात्र समुद्री बन्दरगाह हो। भारतकै अन्य दुई बन्दरगाह धमरा र मुन्द्रा नेपालले प्रयोग गर्न पाउने भनेर भारतले सैद्धान्तिक सहमति गरिसहेको छ। जसमध्ये ठूला जहाज आउन सक्ने र निजी क्षेत्रले सञ्चालन गरेको समुद्री बन्दरगाह धमराको सम्भाव्यता प्रबल रहेको बताइन्छ। यस्तोमा कोलकाताले आफ्नो पुरानो सेवाग्राही रहेका नेपाली आयातकर्तालाई अन्यत्र जानबाट रोक्न चाहन्छ।

तुलनात्मक रुपमा कम लागत र सुविधा पाउने भएपछि कोलकाता भएर हुँदै आएको आयात बिशाखापट्नमतिर मोडिन थालेको तथ्यांकले देखाउँछ। भारतीय आर्थिक वर्ष ०१७/१८ मा ८२ हजार दुई सय आठ कन्टेनर कोलकाता भएर आएका छन् भने चार हजार सात सय ८६ कन्टेनर बिशाखापट्न भएर आएका थिए। आव ०१८/१९ मा भने अवस्था फेरियो। दुवै बन्दरगाह गरी समग्रमा नेपालको कन्टेनरको संख्या ११.३६ प्रतिशतले बढ्दा कोलकाता भएर आउने कन्टेनरको संख्या तीन प्रतिशतले घटेको छ। बिशखापट्नम भएर  आउने कन्टेनर भने साढे तीन गुणा बढेको छ।

आर्थिक वर्ष ०१८/१९ मा कोलकाता भएर ७९ हजार सात सय ७७ कन्टेनर आएका थिए। बिशाखापटनम भएर १७ हजार ५६ कन्टेनर आए। ‘ताजा अवस्थामा रेलमार्गमा नेपाल जाने कन्टेनरमा बिशाखापट्नमले कोलकातालाई उछिनेको छ,’ कोलकाता भन्सार एजेन्ट संघको नेपाल भुटान उपसमितिका अध्यक्ष रहिसकेका कार्यकारी सदस्य अमृतभक्त श्रेष्ठले भने, ‘करिब ६० प्रतिशतरेल बन्ड (रेलमा ओसार्ने  कन्टेनर) बिशाखापटनम भएर आइरहेका छन्, कोलकाता भएर ४० प्रतिशतमात्र छ।’ यसले गर्दा यतिखेर कोलकाता बन्दरगाहले आफ्नो पुरानो सेवाग्राही नेपाललाई अन्यत्र जानबाट रोक्ने मनसायमा देखिएको हो।

बिहीबार मात्र कोलकाता पोर्ट ट्रस्ट र नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड (एनटिडब्लुसी)बीच समझदारी पत्रमा हस्ताक्षर भएपछि कोलकातामा नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेसन (सिएफएस) उद्घाटन भएर सञ्चालनमा आएको छ। भारतका लागि नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले कोलकाता बन्दरगाहमा पछिल्लो समय क्रमबद्ध सुधार भएको बताए। उनले तेस्रो मुलुकसँगको नेपाली व्यापारका लागि सेवाप्रदायकबीच प्रतिस्पर्धा बढेका बेला नेपालले तुलनात्मक लाभ उठाउन सक्नुपर्ने टिप्पणी गरे।

‘सेवाग्राहीलाई तुलनात्मक रुपमा जहाँ समय अनि खर्चको बचत र सुविधा महसुश हुन्छ त्यता जानु स्वभाविक हो,’ पोर्ट ट्रस्टका अध्यक्ष कुमारले भने, ‘मुख्य कुरो के हो भने नेपालबाट सबैभन्दा नजिकको बन्दरगाह हामी हौं, सबैखाले सुविधा यहींनिर हामी दिइरहेका छौं, अब सिपिङ कम्पनीबीच प्रतिस्पर्धा बढाएर नेपालले फाइदा लिन सक्नुपर्छ।’ धेरै सिपिङ कम्पनीले अहिले कोलकाता भएर सेवा प्रदान गरिरहेको र त्यहाँ भएर विद्युतीय निगरानी प्रणाली ‘इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम’ (इसिटिएस)सहित र बिना‘इसिटिएस’ दुवै तरिकाले आयातको सुविधा रहेको उनले बताए।

प्रकाशित: १६ भाद्र २०७६ ०२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App