९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

औद्योगिक विधेयकः आयात प्रतिस्थापन र उद्योग क्षेत्रको प्रभावकारी व्यवस्थापनमा जोड

काठमाडौं– संसदीय समितिमा ‘औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ माथि पनि दफावार छलफल सुरु गरिएको छ। 

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा सो विधेयकमाथिको दफावार छलफल सुरु गरिएको हो। बैठकमा बोल्दै उद्योग सचिव यामकुमारी खतिवडाले औद्योगिक क्षेत्रको विकास गरी मुलुकको अर्थतन्त्रलाई सबल बनाउने मूल उद्देश्यका साथ सो विधेयक संसदमा पेश गरिएको स्पष्ट पारे। उनले विधेयकले आयात प्रतिस्थापन गर्ने कामलाई जोड दिएको पनि बताए।

विधेयकमा उद्योग दर्ता गर्ने निकायले उद्योग दर्ता नगरेमा उजुरी गर्न पाउने प्रावधान पनि राखिएको छ। त्यसैगरी उद्योग संचालन भएको जानकारी ३० दिनभित्र अनिवार्य रुपमा सम्बन्धित निकायमा गराउनुपर्ने पनि विधेयकमा समावेश गरिएको सचिव खतिवडाले बताए। बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आवश्यक संशोधन हालेर सो विधेयकलाई समृद्ध बनाउन समितिका सदस्यहरुलाई आग्रह गरे। उनले विधेयकलाई समृद्ध बनाउन सरकारले संसदमा पेश गरेको पनि स्पष्ट पारे।

विधेयकको प्रस्तावनामा उद्योग क्षेत्रको प्रभावकारी व्यवस्थापन गर्ने पनि उल्लेख गरिएको छ।

प्रकाशित: २१ श्रावण २०७६ ०९:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App