४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपालले चीनका १५ वटा विमानस्थल प्रयोग गर्न पाउने, हप्तामा ९८ उडान

काठमाडौं– नेपाल र चीनबीच शुक्रबार बेइजिङमा नयाँ हवाई सम्झौता भएको छ। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा बेइजिङ पुगेको नेपाली प्रतिनिधिमण्डलले चीनमा नेपाली जहाजले हवाई उडानको सुविधा पाउने गरी नयाँ सम्झौता गरेको हो। 

सम्झौताअनुसार नेपालले चीनका १५ वटा विमानस्थल प्रयोग गर्न पाउने छ भने हप्तामा ९८ उडान हुनेछन्। त्यस्तै, चीनले पोखरा र गौतमबुद्ध विमानस्थलमा मात्रै हप्तामा २१ वटा उडान गर्न पाउने भएको पर्यटन मन्त्रालयले जनाएकाे छ। 

यो सम्झौतासँगै नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सलाई चीनमा उडानको बाटो खुलेको छ। नेपालले उडान अनुमति पाएका गन्तव्यमा बेइजिङ, सांघाई, सियान, ग्वान्झाओ, ल्हासा, चेङ्दु, छोइछिङ, कुन्मिङ लगायत रहेका छन्।

नेपाल एयरलाइन्सले भने ग्वान्झाओ उडानमा जोड दिएको छ। यसअघि नेपालले ७ वटा गन्तव्यमा उडान गर्न पाउने सहमति थियो। 

प्रकाशित: १० श्रावण २०७६ १०:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App