१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

उकालाे लाग्याे शेयर बजार

काठमाडौं – धितोपत्र बजारमा साताको सुरुवातदेखि नै ओरालो लागेको कारोबार मापक नेप्से परिसूचक मंगलबार भने उकालो लागेको छ। उतारचढावका बीच आज नेप्से परिसूचक २.९२ अंकले बढेर एक हजार दुई सय ५०.२७ मा पुगेर थामियो। त्यस्तै ठूला कम्पनीका शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.२७ अंकले बढेर दुई सय ६९.०६ मा पुग्यो।

परिसूचक बढे पनि कारोबार रकममा भने खासै प्रगति देखिएन। स्टकका अनुसार आज एक सय ६५ कम्पनीका १६ लाख सात हजार ६ सय ७२ कित्ता शेयर ४६ करोड ८२ लाख ६३ हजार सात सय ७० रुपैयाँमा खरिद–बिक्री भए। कारोबार भएका ११ मध्ये सात उपसमूहको शेयर मात्र बढेको छ भने चार उपसमूहको शेयर ओरालो लागेको छ। बैंक ३.८७, विकास बैंक ४.१८, जलविद्युत् २.२४, वित्त ४.९४, उत्पादन ३.०८, अन्य १.२६ र जीवन बीमा २४.१२ अंकले बढ्दा होटल ५.६४, निर्जीवन बीमा ३७.०५, लघुवित्त ०.४१ र सामूहिक लगानी कोष ०.०१ अङ्कले घटे।

स्टकका अनुसार कारोबार रकमका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर शीर्ष स्थानमा रह्यो। सो बैंकको छ करोड दुई लाख ९८ हजार ९४ रुपैँया ३० पैसामा कारोबार भयो। यस्तै लक्ष्मी बैंकको चार करोड १३ लाख ३५ हजार दुई सय ७७, नेपाल बैंक लिमिटेडको दुई करोड ६८ लाख ११ हजार ८ सय ५३, एनआइसी एसिया बैंकको एक करोड ८९ लाख ५८ हजार चार सय २९ र मेगा बैंक नेपालको शेयर एक करोड ७० लाख ८८ हजार ९ सय ३० रुपैयाँमा खरिद बिक्री भए।

परिसूचक बढे पनि सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ४.२८ प्रतिशतले गुमाए। यस्तै समिट लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर धनीले ३.९२, सिटी एक्स्प्रेस फाइनान्स कम्पनी ३.८४, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ३.४४ र एभरेष्ट इन्सुरेन्स कम्पनीका शेयरधनीले २.९६ प्रतिशतले गुमाए। इन्फिनिटी लघुवित्त वित्तीय लिमिटेडका शेयरधनीले ९.८५, मल्टिप्रपोज फाइनान्स कम्पनी लिमिटेड ८.००, राधी विद्युत् कम्पनी ७.१४, लक्ष्मी लघुवित्त वित्तीय संस्था ३.९५ र गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६१ प्रतिशतले कमाए। रासस

प्रकाशित: २४ असार २०७६ १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App