५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

शेयर बजारः चार अङकले घट्यो नेप्से

काठमाडाैं– साताको पहिलो दिन नै आज शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.४५ बिन्दुले घटेर एक हजार २५६.०४ बिन्दुमा पुगेको हो। यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.११ बिन्दुले घटेर २७०.३५ बिन्दुमा पुगेको छ।

नेप्से ओरालो लागेपनि आज कारोवार रकम भने औसत नै देखिएको छ। कूल १७३ कम्पनीको २२ लाख १६ हजार ४९३ कित्ता शेयर ५४ करोड पाँच लाख २९ हजार ४६५ रुपैयाँ मा खरीद बिक्री भए। स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर बढेको छ भने छ उपसमूहको शेयर घटेको छ। बैंकिङ ६.७, व्यापार १.३५, जलविद्युत् ३.१६, अन्य ०.४६, लघुवित्त ९.०७, जीवन बीमा ५०.२४ बिन्दुले घटेका छन्। यस्तै होटल ६.८४, विकास बैङ्क ३.१५, वित्त २.६९, निर्जीवन बीमा ३८.३२, उत्पादन ११.०७ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ।

कारोबारका आधारमा आज सिभिल बैङ्क शीर्ष स्थानमा पुगेको छ। सो बैंकको पाँच करोड ७९ लाख ८० हजार ७४८ रुपैयाँ, मेगा बैंकको चार करोड ६९ लाख एक हजार ८८७ रुपैयाँ , नेपाल बैंकको चार करोड १० लाख ६३ हजार २२ रुपैयाँ, सेञ्चुरी बैंक तीन करोड २६ लाख सात हजार ६२रुपैयाँ, कुमारी बैंक दुई करोड ५४ लाख १९ हजार २५३ रुपैयाँ र प्रभु बैंक दुई करोड ११ लाख ४९ हजार ३०८  रुपैयाँ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे।

स्टकका अनुसार आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरधनीले ९.८६, दिव्यश्वेरी हाइड्रो पावरको ९.२३, रैराङ हाइड्रो पावर ४.६३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ४.३७, वेस्ट फाइनान्स कम्पनी ३.९६ र सांग्रिला डेभलपमेन्ट बैंकका शेयरधनीले ३.९५ प्रतिशतले कमाए। यस्तै जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले ११.३०, स्वरोजगार लघुवित्त विकास बैंक ४.७४, मिथिला लघुवित्त वित्तीय संस्था ४.७३, खानीखोला हाइड्रो पावर ४.०५ र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६१ प्रतिशतले गुमाए।

एनसिसी बैंकले १५ प्रतिशत बोनस शेयर दिने

यस्तै एनसिसि बैंकले आफ्ना शेयरधनीलाई १५.८९ प्रतिशत शेयर लाभांश दिने भएको छ। यस्तै उक्त लाभांशमा लाग्ने कर प्रयोजनाका लागि ०.८३ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को लेखा परिक्षण प्रतिवेदनमा उल्लेख भएको नाफाबाट शेयरधनीलाई उक्त परिमाणमा लाभांश दिने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकको स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण हुने बैंकका कम्पनी सचिव कपिल ज्ञवालीले जानकारी दिए।

ग्लोबल आइएमई बैंकको शेयर कारोवार रोक्का

यस्तै नेपाल स्टक एक्सचेञ्जमा कारोवार भईरहेको ग्लोबल आइएमई बैंकको शेयर कारोवार रोक्का भएको छ।

बैंकको यही असार २० गतेको निर्णय अनुसार ग्लोबल आइएई बैंक र जनता बैंकका बीचमा गाभिने सहमति भएकाले मर्जर कार्य सम्पन्न नहुँदासम्म कारोवार रोक्का गरिएको छ। मर्जरका लागि दुई वटै बैंकले नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दिएका छन्। यस्तै जनता बैंकको समेत शेयर कारोवार रोक्का भएको छ।रासस

प्रकाशित: २२ असार २०७६ ११:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App