१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कृषक समूहलाई १० थान उपकरण प्रदान

किसानलाई धान तथा मकै गोड्ने औजार हस्तान्तरण गरिँदै। तस्बिर : टंक क्षेत्री/नागरिक

सर्लाही – जिल्लास्थित हरिवन नगरपालिका ८ नं वडा कार्यालयले कृषक समूहलाई १० वटा कृषि उपकरण प्रदान गरेका छन्। वडा कार्यालयले १० वटा कृषक समूहलाई धान तथा मकै गोड्न र झार काट्न प्रयोग गरिने आधुनिक कृषि उपकरण प्रदान गरेको हो।

पुरानोबजार चोकमा आयोजित समारोहमा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले कृषक समूहका प्रतिनिधिलाई उपकरण हस्तान्तरण गरेका थिए। कृषकलाई आधुनिक खेती प्रणालीमा आकर्षित गर्ने उद्देश्यले पेट्रोलबाट सञ्चालन हुने उपकरण प्रदान गरिएको वडाध्यक्ष यज्ञविनोद ढुंगेलले जानकारी दिए। ‘आधुनिक उपकरणको प्रयोगले किसानको समय र श्रम बचत हुन्छ,’ उनले भने, ‘उपकरण प्रयोगबाट किसानले निकै लाभ पाउने विश्वास लिएका छौं।’ 

वडा कार्यालयबाट विनियोजित दुई लाख ५० हजार रुपैयाँबाट १० थान उपकरण वितरण गरिएको हो। उपकरणमा धान र मकै बालीमा माटो खुकुल्याउने औजोर एवं झार काट्ने ब्लेड गरी दुईवटा छुट्टाछुट्टै औजार जोडेर फाइदा लिन सकिने बताइएको छ।

प्रकाशित: २० असार २०७६ ०३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App