१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

व्यवसायी संघको चुनाव असार २७ गते, महासचिव गेलाललाई सोधियो स्पष्टिकरण

काठमाडौं- नेपाल रोजगार वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आगामी असार २७ गते हुने भएको छ। संघको विधान अनुसार हरेक २ वर्ष भित्र निर्वाचन सम्पन्न गरि नेतृत्व हस्तान्तरण गरिसक्नु पर्ने भए पनि परिस्थिति अनुकुल नभएको भन्दै निर्वाचनको मिति पर सार्नुपर्ने केही व्यवसायी र राजनीतिक नेतृत्वको आग्रहका बाबाजुद संघ कार्यसमितिको आज बसेको बैठकले निर्वाचनको मिति घोषण गरेको हो।

वर्तमान अध्यक्ष रोहन गुरुङको दुई वर्षे कार्यकाल असार ३० गते सकिँदैछ। यसअघि फागुन २३ गते बसेको कार्यसमिति बैठकले चैत्र २६ गते निर्वाचनको मिति घोषण गरे पनि अध्यक्ष गुरुङको घरमा भएको बम बिस्फोटको घटनाले निर्वाचन स्थगित गरिएको थियो। संघका अध्यक्ष गुरुङले असार २७ गते नै निर्वाचन गरेर नेतृत्व हस्तान्तरण गर्ने बताए।

यस्तै कार्यसमिति बैठकले संघका महासचिव नेरेश गेलाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ। महासचिव गेलालले केही दिन अघि संघमा बुझाएको राजिनामा पत्रमा उल्लेख भएको भाषा अमर्यादित भएको भन्दै सात दिन भित्र राजिनामाको कारण पुनः पेस गर्न निर्देशन दिएको छ। वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन र विभिन्न नाममा खडा भएका सिण्डिकेट बिरुद्द गुरुङ र सिंगो कार्यसमिति लडिरहेका बेला महासचिव गेलालले एक्लै केही दिन अघि राजिनामा दिएका थिए।

तर २ वर्षे कार्यकालमा खासै उपलब्धिमुलक काम नगरेका र व्यवसायी सँग त्यति सम्पर्कमा आउन नरुचाउने गेलालले व्यवसायीको घेरावन्दीबाट बच्न राजिनामा दिएको भन्दै उनको संघ भित्र र व्यवसायी माझ उनको आलोचना भएको छ।

  

प्रकाशित: २४ जेष्ठ २०७६ ०९:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App