५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

बजेट भाषणको भोलिपल्टै उकालो लाग्यो शेयर बजार

काठमाडौं– रु एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको कारोबार भए पनि कारोबार मापन नेप्से परिसूचक आज ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लागेको छ।

अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारलाई सम्बोधन गर्ने केही नीतिगत व्यवस्था गरे पनि शेयर बजारमा भने त्यसको सामान्य प्रभाव परेको छ। नेपाल स्टक एक्स्चेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ५८ बिन्दुले बढेर एक हजार ३१९ दशमलव ४७ अङ्कमा पुगेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ बिन्दुले मात्रै बढेको छ। कूल १७४ कम्पनीको ४८ लाख ९४ हजार ६८१ कित्ता शेयर कारोबार भए । स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूहमध्ये चार उपसमूहको मात्रै शेयर उकालो लागेको छ। बैंकिङ १० दशमलव ५९, अन्य दुई दशमलव शून्य सात, जीवन बीमा ९ दशमलव ५४ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य सात बिन्दुले बढेको छ।

यस्तै होटल १८ दशमलव ५४, विकास बैंक चार दशमलव ४४, जलविद्युत् ५ दशमलव २९, वित्त शून्य दशमलव शून्य नौ, निर्जीवन बीमा ६ दशमलव ७९, उत्पादन २४ दशमलव ३५ र लघुवित्त एक दशमलव ७८ बिन्दुले घटेको छ।

कारोबारका आधारमा आज शिवम् सिमेन्टको रु १७ करोड १९ लाख ६५ हजार १४९ मा कारोबार भयो। नेपाल बैंक लिमिटेड रु १६ करोड ६१ लाख ३४ हजार ६३८, प्रभु बैंक रु १० करोड ९९ लाख २१ हजार ६३३ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु नौ करोड २२ लाख ९५ हजार १४४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे।

स्टकका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी नौ दशमलव ५९, रैराङ हाइड्रोपावर कम्पनी आठ दशमलव ३३, एनआइसी एशिया ग्रोथ फण्ड छ दशमलव४१, ग्रिन डेभलपमेन्ट बैंकका शेयरधनीले पाँच दशमलव ९८ प्रतिशतले कमाए । त्यस्तै पाँचथर पावर कम्पनी नौ दशमलव ९४, नेशनल माइक्रोफाइनान्स पाँच दशमलव शून्य पाँच, कन्काई विकास बैंक चार दशमलव ७० र वेस्ट फाइनान्सका शेयरधनीले चार दशमलव ६२ प्रतिशतले गुमाए। रासस

प्रकाशित: १६ जेष्ठ २०७६ १०:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App