१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

साताको शेयर बजारः पाँच अर्बको कारोवार

काठमाडाैं– शेयर बजारमा सुधार हुने क्रम यस साता पनि जारी रह्यो। साताको शुरुआतदेखि नै उकालो लागेको बजार अन्तिम दिन भने सामान्य अङ्कले ओरालो लाग्यो।

यस साता करीब पाँच अर्ब रुपैयाँ बराबरको शेयर कारोवार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचकसमेत २३.६८ विन्दुले बढेको छ। स्टकका अनुसार कूल एक करोड ५२ लाख ६३ हजार ७४९ किक्ता शेयर चार अर्ब ९४ करोड ९३ लाख ४१ हजार ९६१ रुपैयाँ मूल्यमा खरीद बिक्री भएका छन्। कारोवार हुने साताको पाँच दिनमध्ये चार दिन बजारमा वृद्धि भएको थियो भने अन्तिम दिन भने सामान्य अङ्कले घटेको थियो।

साताको पहिलो दिन नेप्सेमा आइतबार सामान्य सुधार आएको थियो। कारोवार मापक नेप्से परिसूचक ३.०७ विन्दुले बढेर एक हजार २९५.०३ विन्दुमा पुग्यो। आइतबार कूल १७१ कम्पनीको २६ लाख ६९ हजार ५९ किक्ता शेयर ८४ करोड ७६ लाख ९९ हजार ६६१ रुपैयाँ मूल्यमा खरीद बिक्री भए।

त्यस्तै सोमबार नेप्से परिसूचक ६.३० विन्दुले बढेर एक हजार ३०१.३४ मा पुग्यो। ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२१ विन्दुले बढेर २७८.२४ उक्लियो। कूल १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ किक्ता शेयर रुपैयाँ ७८ करोड ६४ लाख १२ हजार ८०८ खरीद बिक्री भए।

त्यस्तै मङ्गलबार कारोवार सूचक १४.१२ विन्दुले बढेर एक हजार ३१५.४५ अङ्कमा पुग्यो। स्टकका अनुसार सो दिन कूल १७० कम्पनीको ३१ लाख ६६ हजार ४६७ कित्ता शेयर एक अर्ब तीन करोड ७२ लाख ५८ हजार ७२९ रुपैयाँ मूल्यमा कारोवार भयो।

मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको शेयर बजार बुधबार पनि उकालो लाग्नेक्रम जारी रह्यो। सो दिन कारोवार मापक नेप्से ५.५५ विन्दुले बढेर एक हजार ३२१ विन्दुमा पुग्यो। स्टकका अनुसार बुधबार १७२ कम्पनीका ४० लाख ४३ हजार १५७ किक्ता शेयर एक अर्ब ३३ करोड तीन लाख १४ हजार २४७ रुपैयाँमा खरीद बिक्री भए।

बिहीबार भने शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घट्यो। उक्त दिन नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ विन्दुमा झर्‍यो। स्टकका अनुसार कूल १७३ कम्पनीको २९ लाख ९२ हजार ६६३ किक्ता शेयर ९४ करोड ७६ लाख ५६ हजार ५१६ रुपैयाँ मूल्यमा खरीद बिक्री भए।

यस साता स्टकका विभिन्न छ कम्पनीका शेयर सूचीकृत भए। त्यसमा प्रोग्रेसिभ फाइनान्सको ५९ लाख एक हजार कित्ता हकप्रद शेयर सूचीकृत भयो। त्यस्तै प्रभु बैंकको ६५ लाख ८७ हजार १५८ कित्ता शेयर लाभांश, कृषि विकास बैंकको ५१ लाख तीन हजार १२९ कित्ता शेयर लाभांश सूचीकृत भयो। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको एक लाख ४४ हजार ७५ कित्ता शेयर लाभांश सूचीकृत हुँदा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको चार लाख ९७ हजार ७७८ कित्ता साधारण शेयर र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको १० लाख ३५ हजार कित्ता साधारण शेयर सूचीकृत भएको स्टकले जनाएको छ।रासस

प्रकाशित: ४ जेष्ठ २०७६ १२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App